जन आकाश
काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी आइतबार काठमाडौं बासीको धारामा झर्ने बताएको छ। आइतवार होलीपर्व पनि परेको हुनाले मेलम्चीको पानीले काठमाडौको बासिन्दाहरुले होली खेल्न पाउने मेलम्ची खानेपानी आयोजनाका प्रबक्ता राजेन्द्र पन्तले जानकारी गराएका हुन् ।
उक्त नयाँ पाइपवाट पठएको पानी अहिल्यै पिउनयोग्य हुनेछैन कवडा धुन भाडा बर्तन माझन भने हुने छ मेलम्ची खानेपानी आयोजनाको योजना अनुसार आजवाट नै अर्थात १४ गतेवाट पानी प्रशोधन केन्द्रमा पानी हाल्न शुरु गरिसकेको र भोलि १५ गते पुरानो पाईप लाईनवाट पठाएको पानी खानयोग्य नहुने र १६ गतेवाट पुरानो पाइपवाट पठएको पानी खान योग्य हुने आयोजनाका प्रबक्ता पन्तको भनाई रहेको छ ।
नयाँ पाइपवाट पठाएको पानीले मज्जाले होली खेल्न पाइने तर खानयोग्य चै नभएको पन्तको भनाइ आएको हो । केही समय परिक्षण गरेपछि मात्र खानयोग्य हुने छ ।

मेलम्ची खानेपानी आयोजनाको बिषयमा जन अकाश साप्ताहिक, जन आकाश डट कम न्युज पोटलवाट निरन्तर खवदारी गदै आएको छ । उपत्यकाका बिपन्न परिवारको पानीको अभावमा तनाव देखेको हाम्रो प्रकाशनले निरन्तर ५ बार्षदेखि मेलम्चीको अपडेट राख्ने गरेको छ ।
फागुन १८ गते अङक ३० को जन आकाश साप्ताहिक पत्रिकाको मुख्य शिर्षकमा नै मेलम्ची पुुरा नगर्नुको रहस्य के हो
? भनि समाचार प्रकाशन भएपछि फागुन २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मेलम्ची आयोजनाको अनुगमन गरी पानी फ्लस गरी उदघाटन भएको थियो ।
र निरन्तर कामले तिव्रता पाई बैशाख पहिलो हप्ता मात्रै पानी छोड्ने तयारी भएपनि सुख्खा मोसममा पानीको हाहाकार हुने समयका मानिसहरुलाई तनाव उत्पन्न हुने भनेर जन आकाश साप्ताहिकले पुनः सम्पादकीय लेखेको थियो । सञ्चारकर्मीृको आखाले देखेका कुारा उजागर गर्दा पनि समाजमा परिवर्तन हुदोरहेछ भन्ने अनुभव हाम्रो प्रकाशनले गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend