जन आकाश
काठमाडौ । पत्रकार महासंघ ललितपुर जिल्ला शाखाले हरेक बर्ष वितरण गदै आएको पत्रकारिता पुरुस्कार बरिष्ठ पत्रकार उजिर मगरलाई प्रदान गरिएको छ ।
शुक्रवार ललितपुरस्थित लगनखेल डिलाईट पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रम बीचमा ललितपुर जिल्ला पत्रकार महासंघका अध्यक्षको सभापित ज्ञानेन्द्र पौडेल सुचना आयुक्त दिपक मैनालीको प्रमुख अथिति,प्रेस काउन्सिलका सदस्य दिपक पाण्डे बिशेष अथिति, पत्रकार महासंघका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, उपत्यका प्रदेश पत्रकार महासंघका महासचीव श्रीजन झा, उपत्यका प्रदेशका सचीव माधव पौडेल लगायतको आतिथ्यमा र ललितपुरका सयौ पत्रकारहरुको उपस्थितिमा मगरलाई प्रमुख अतिथि दीपक मैनालीको हातावाट सम्मान पत्र र चेक हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बौल्दै प्रमुख अतिथिले पत्रकारहरुले खोजि पत्रकारिताको लागि सुचना आयोगले सुचना हकको व्यवस्था गरेको र प्रयोगमा आउन थालेको सुचनाको हक प्रयोग गरेर समाजमा राष्ट्रमा आम नागरिकलाई सुसुचित गारउन सक्दा समाज परिवर्तन हुन सक्दो रहेछ भनेर भारतको केजरीवालको नाम नलिइकन छिमेकी राष्ट्र भनेर उदारण दिनुभएको थियो ।

कार्यक्रमलाई सम्वोधन गदै प्रेस काउनिसलका सदस्य दिपक पाण्डेले प्रेस जगतमा पत्रकारको गर्न पर्ने काम पत्रकारहरुले गरयौ कि गरेनौ । र गर्न नपर्र्ने कामहरु पो हामीले गरेका रहछौ जस्तो लाग्छ कि लाग्दैन भन्दै आफु पनि बिगतमा पत्रकारित वाट आएको हुदा स्वतन्त्र पत्रकारिताको अभ्यास अझै नभइसकेको तर स्वतन्त्र पत्रकारिताको अभ्यासमा पे्रस काउन्सिलमा आफु गईसकेपछि प्र¥यास गरेको कुरा बताउनु भएको थियो ।

कार्यक्रमा सभापति तथा ललितपुर जिल्लाका अध्यक्ष ज्ञानेन्द्र पौडेलले कार्यक्रममा बोल्दै आफ्नो पालामा भएका प्रगति सुनाउनु भएको थियो । ललितपुर पत्रकार महासंघलाई अफिसको भाडा तिर्नु नपर्ने अवस्थामा पु¥याएको जग्गा किनेको र उपत्यका प्रदेशलाई ललितपुर शाखाको अफिस दिन सफल भएको र अर्को गोदावरी नगरपालिकाले प्रदान गर्न लागेको भवन ललितपुर पत्रकार जिल्ला शाखाले आउदो नेतत्व गर्ने कार्यसमितिले सदुपयोग गर्न पनि सुझाव दिनुभएको थियो ।
अन्तमा ललितपुरका कार्यसमितिमा रहेर, त्योभन्दा बाहिर रहेर वा अन्य संघ÷संस्था सवैलाई सहयोग पु¥याएकोमा धन्यवाद दिनुभएको थियो ।
वरिष्ठ पत्रकारहरुको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend