logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मी विकास बैँक लि.को १९औँ साधारणसभा सम्पन्न


  • जन आकाश
  • आइतबार, चैत्र १५ २०७७

महालक्ष्मी विकास बैंक लि. ले मिति २०७७ चैत्र १३ गते शुक्रबारका १९औँ वार्षिक साधारणसभा भिडियो कन्फरेन्स मार्फत सम्पन्न गरेको छ ।



उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ८.८०∞ का दरले बोनस सेयर तथा ०.४६∞ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पँजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्याकरिब ५ लाखभन्दा बढी रहेको
बैकले जानकारी गराएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend