logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

२०७७ सालको होली कसैलाई खुशी कसैलाई काल


  • जन आकाश
  • सोमबार, चैत्र १६ २०७७

काठमाडौं । नेपालीहरुले औसतमा प्रत्येक दुइ महिनामा एउटा चाँड मनाउने गरेका छन् । जुन धार्मिक समुदायको चाँड किन नहोस धेरै जति नेपालीहरुले सदभाव साटसाट गरेर समुहगतमा मनाउदै आएका छन् ।



२०७७ सालमा कोभिडका कारण कुनै पनि चाँडहरु खुलेर मनाउन नपाएका नेपालीहरुले फागु पुर्णिमा अर्थात होली पर्व उल्लासका साथ खशी साटसाट गरेर मनाएका छन् । बिशेष गरेर पाहाडी जिल्लाहरु र काठमाडौ उपत्यकामा फगुन १५ गते मनाईएको होलिमा सवैतिर उल्लास र खुशी नै देखियो ।

तर बागलुङ जिल्लामा भने केही युवाहरुको झडपले दुई युवाहरुको काल बनेर आएको समाचारमा उल्लेख हुदा चाँडवाडहरुलाई चाँडवाड भन्दा अरुनै सोचेर अपराधिक मानसिकता बोकेकाहरुले मौका खोजिरहेका हुन्छन् । त्यस्तै भएको छ । बागलुङमा थुप्रै युवाहरु जम्मा भएर होली मनाएको तर बेलुकी पख धर फर्कने क्रममा बल्देधुरी भन्ने ठाउमा दुई युवा समुह वीच झडप हुदा ३६ बर्षीय प्रकाश कुवंर र ३४ बर्षीय दीपक दमाइलाई अर्को समुहले भीरवाट हुत्याएर खसालेको घटनाले होली ति दुई युवाको लागि काल बनेर आयो अहिले समाचार तयार पार्दासम्म कुृनै अभियुक्त पत्ता नलागेको र छिट्टै ति भिरवाट खसाल्ने अभियुक्तलाई पत्ता लागाउने जिल्ला प्रहरी कार्यलयले बागलुङले बताएको छ ।

यस्ता चाडबाडहरुव मनाउदा अपनाउनु पर्ने सावधानीहरु पनि अपनाउनु पर्ने हुन्छ । आउदा पुस्ताले यस्ता कुराहरुमा ध्यान दिउन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend