logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महासंघ प्रतिनिधि मण्डल र श्रीलंकका राजदूत बीच भेट


  • जन आकाश
  • मंगलबार, चैत्र १७ २०७७

काठमाडौंं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधि मण्डलले सोमवार नेपालका लागि श्रीलंकाका राजदुत हिमाली अरुणा तिलकालाई भेटी नेपाली निर्माण उद्योगको पछिल्लो अवस्थार निर्माण प्रविधिबारे जानकारी गराएको महासंघ स्रोतले बताएको छ ।



महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधि मण्डलले नेपाली निर्माण क्षेत्रका ऐन कानूनका सम्बन्धमा पनि राजदूत तिलकालाई जानकारी गराउदै नेपालमा लगानी र निर्माणको क्षेत्रमा सम्भावनाहरु सहज भएको अध्यक्षले बताएका थिए ।

श्रीलंकाबाट नेपालमा हेभिइक्यिुप्मेन्ट निर्यात भएको खण्डमा दुई देशबीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विषयमा समेत भेटमा छलफल भएको थियो । भेटमा राजदूत तिलकाले नेपाली निर्माण व्यवसायहरू सँग मिलेर काम गर्न श्रीलंकाका निर्माण व्यवसायीहरू इच्छुक रहेको जानकारी गराउनु भएको महासंघले जनाएको छ ।

दुई देशबीचको निर्माण व्यवसायका विविध पक्षबारे जानकारी आदान प्रदान गर्न चाँडै वेबिनार गर्ने समेत राजदूत तिलकाले बताएको महासंघले पठाएको जानकारीमा उल्लेख छ । प्रतिनिधि मण्डलमा महासंघका सल्लाहकार ई. विरेन्द्रराज पाण्डे, महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जन सम्पर्क अधिकृत रामचन्द्र गिरी, प्रशासकिय अधिकृत शुवेक्षा सिंह लगायतको सहभागिता रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend