जन आकाश
मोहन कार्की ।
राजनीतिक विशेष
नेपालका राजनीतिक पार्टीहरूको इतिहास लामो छ । प्रजापरिषद स्थापनाकाललाई आधार मान्ने हो भने झण्डै ८ दशक पार गरिसकेका छन् । तर पार्टीले तय गरेको मुल उद्देश्यमा पार्टीहरू केन्द्रित छैनन् तय गरेको उद्देश्यमा केन्द्रित नभएपछि संस्थागत विकास हुँदैन । भएको छैन ।
नेपालमा विधिवत् दर्ता भएका अहिलेसम्मको पार्टीहरूको गतिविधिले यस्तै परिणाम देखाइरहेको छ । पार्टी संगठन स्थापन गर्नुको उद्देश्य समाजमा भइरहेका सामान्य कामहरू होइन कि ठुला ठुला समस्या उत्पन्न भनभने एउटा ब्याक्तिले गर्न नसक्ने काम सामूहिक रूपमा गर्नलाई र राम्रो कामको सुरुवात गर्न सबैको सल्लाह, सीप, प्रयोग गरी सबैले दिर्धकालीन योजना बनाएर सामूहिक रूपमा नै समग्र राष्ट्र र समाजलाई हित हुने काम गर्नु नै सबै राजनीतिक पार्टीहरूको लिखित दस्ताबेजमा उद्देश्य उल्लेख भएका हुन्छन् ।
त्यो उद्देश्य कुनै पनि पार्टीले पुरा गरेको देखिँदैन । स्थापना कालमा प्रजातान्त्रिक समाजवादको वकालत गर्ने नेपाली काँग्रेस, समाजवादको वकालत गर्ने कम्युनिष्ट नामधारी वामपन्थीहरू, राष्ट्रियता र प्रजातन्त्रको कुरा गर्ने राप्रपा लगायत पछिल्लो समयमा देश र जनताका लागि भनेर खुलेका अन्य पार्टीहरूले बनाएका विधान घोषणा पत्र पढ्दा कुनै पनि काही खोट लगाउने खालका छैनन् ।
तर त्यही घोषणा पत्र विधानलाई पालना गर्ने विषयमा भने कुनै पनि पार्टीका शीर्ष तहमा पुगेका नेतृत्वकर्ताहरुले पालना गरेर संगठनलाई पार्टीलाई सस्यगत बनाएका छैनन् । पार्टीको मुल मर्म भावना र उद्देश्यलाई पालना गदै सिंगो देशमा भइरहेका असफल तरिकालाई नयाँ तरिका वाट विकास गर्ने उद्देश्य राखेका पार्टीहरूले सिंगो देशको पक्षमा गरेनन् नै तर आन्तरिक पार्टीभित्र समेत संस्थागत कामहरू गर्न नचाहेका हुन् वा नगरेका हुन् । विगतका पार्टी प्रमुख देखि अहिलेका पार्टी प्रमुखहरूको व्यवहार समग्रमा त्यस्तै छ ।
पार्टीको नीतिगत काम भन्दा बाहिर गएर ब्याक्तिको पूजा गर्ने, देवतोकरण गर्ने जस्ता कामहरू पार्टीका कार्यकर्ता नेताहरूले पार्टीका प्रमुखहरूको निवास वाट गर्ने गरेको ढुलमुले मौसमी नारा योजनाले प्राथमिकता पाउँदा नेपालका पार्टीहरूले गर्ने गरेको काम विश्वसनीय, परिणाममुखी, नबन्दा अन्तराष्ट्रियस्तरमा समेत नकारात्मक सन्देश गइरहेको छ ।
त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गरेर असल शासनको पक्षमा पार्टीको नीतिगत कुराहरूका दिर्धकालीन देश विकासको पक्षमा पार्टीभित्र पनि आर्दशवान, नीतिगत कुराहरूलाई प्रजातान्त्रिक अभ्यास गरेर सक्षम, योग्य, दक्ष अपत्यारिलो आधार पेस गर्न सक्ने योग्य ब्याक्तिहरुलाई प्रतिस्पर्धा वाट स्थापित गरेर नेतृत्व गर्ने अवसर सिर्जना गराउनुपर्ने राम्रो काम पार्टीहरूले गर्नु प¥थ्यो त्यो गरेका छैनन् ।
त्यसैको उल्टो पार्टीहरूमा ठेकेदार, पैसावाल, जर्वजस्त हुल हुज्जत गर्ने ब्याक्तिहरुको बोलवाला गर्ने र पार्टीले ७०÷८० वर्ष अगाडी सारेका योजना आदर्श सबै छोडेर अन्तै कतै वाट वेला वेलामा आउने आदेशमा राजनीतिक पार्टी चलेको केही राजनीतिक बिश्लषकहरुले आरोप लगाउने गरेका छन् । पार्टीहरूको व्यवहार पनि त्यस्तै त्यस्तै छयाल्ल ब्याल्ल स्थिति वाट नेपालका राजनीतिक पार्टीहरू चलेका छन् ।
जसको असर नेपालको परराष्ट्र नीतिमा परेको छ ।पार्टीहरूको साझा धारणा बन्न नसक्दा र बेला बेलामा स्पष्ट नीति नआउदा आए पनि पार्टी पिछेका विवादित धारणाले नेपालको राष्ट्रिय नीतिलाई समेत प्रभावित पार्ने गरेको छ । यसरी देशको पक्षमा, विकासको पक्षमा, नीतिहरूको पक्षमा एकरूपता नहुदा आत्मनिर्भर मुखी देशको रूपमा विकास गर्न नेपालले सक्दैन । यो नसक्ने स्थितिमा पु¥याएको पार्टीहरूले संस्थागत बिकासलाई पार्टीको लाइन छोडेर यता र उता गदै आएका कारण ८० वर्षमा महेन्द्रकालीन शासनकाल छोडेर अरू शासनकालहरुमा कुनै राष्ट्रिय उद्योगहरूको विकास, रोजगारको सिर्जना गरेको देखिँदैन ।
उनीहरूको ध्याउन्न अकैपर्टी हुन्छ । आफू कति पटक प्रधानमन्त्री बन्ने पार्टीको प्रमुख सबैभन्दा बढी को बन्ने र अप्रत्याशित ढंङगवाट रकम जम्मा गरेर जनतालाई प्रभावित पारी चुनाव जित्ने र सधैँ अप्रत्याशित रकम पठाउने देशले अह्राएको काम गर्ने त्यो देशले पठाएको सामान निर्बाध नेपालमा बेच्ने नेपालले कुनै कलकारखाना खोल्न लाग्यो भने भित्री चलखेल गरेर कुनै उद्योग खोल्न नदिने चलनको विकास गरिरहेका राजनीतिक पार्टीहरूको कार्य देखिँदै आएको छ । त्यस कारण पनि संस्थागत बन्न नसकेको हुनुपर्छ ।
यसरी पार्टीहरू संस्थागत हुन नसक्ने प्रवृत्तिलाई तोडन जनताले चुनावको बेला बाँडिने पैसा, गरिने तक भडकहरुलाई बहिष्कार गरेर पुराना पुस्ताहरूलाई सदाको लागि बिदा गर्नुपर्छ । तवमात्र नेपालको राजनीति संस्थागत हुन सक्थ्यो कि ?
मितिः २०७७ चैत्र १७ गते प्रकाशित जन आकाश सप्ताहिकको मुख्य समाचार
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend