जन आकाश
बंैक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक हरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि‘‘ BOK eCom USD प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ ।
बैकले यस्तो सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्तगर्न सक्ने छन् । यो सेवा भारत बाहेक अन्य देशहरुको ई –कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरि पाँच सय अमोरिकी डलर सम्मको वस्तु वा सेवा अन्लाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन उपलब्ध गराई यो सुविधा उपभोग गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend