जन आकाश
काठमाडौ । कामना सेवा विकास बैंक लि. आर्थिक वर्ष २०७५÷२०७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएकोहो ।
बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थ मन्त्रि विष्णु प्रसाद पौडेलले सम्मान पत्र प्रदान गर्नु भएको थियो । बैंकले आ.व.२०७४÷०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान प्रदान गरिएको थियो ।
आन्तरिक राजस्व विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।राज्यप्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनहरुमा सरकार प्रतिको दायित्वलाई अक्षरस पालना गर्दै सरकारले राष्ट्र निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पु¥याउने लक्ष्यको नारा राखेर कामना सेवा बिकास बैकले काम गदै आएको छ ।
यो सम्मानले बैंकलाई अझ बढि हौसला प्रदान गरेको छ र बैंक आफ्नो भिजन अनुरुप खरो रुपमा उत्रिएर राष्ट्र निर्माणमा सबैभन्दा बढी योगदान दिने सम्मान पत्र बुझ्ने क्रममा दिमशुले बताएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend