जन आकाश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गर्नुभएको छ ।
आज भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराका टुटी खोल्दै राष्ट्रपति भण्डारीले आयोजनाको उद्घाटन गर्नुभएको होे । उद्घाटनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा उहाले मेलम्ची आयोजनाको परिकल्पना पाँच दशक अगाडि नै स्वर्गीय तथा पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले गरेको र आज त्यो सपना पुरा भएको बताउनु भएको थियो ।
प्रजातन्त्रको पुनर्स्थापनापछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिवद्धता जाहेर गरेपछि यो आयोजनाले थप महत्व र प्रचार पायो । यसबाट मुलुकको नेतृत्व तहलाई आयोजना कार्यान्वयन प्रेरणा मिल्यो । परियोजनाको ठोसरुपमा कार्यान्वयन हुन त्यसपछि पनि एक दशक प्रतिक्षा गर्नुपरेको थियो,’ उहाको भनाई हो ।
उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend