जन आकाश
काठमाडौ । कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अबसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीहरुलाई QR Code वितरण गरेको छ ।
नगद रहित कारोबारलाई प्रोत्सान तथा प्रवद्र्धन गर्ने साथै ग्राहक व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहँुच पुुरयाउने राष्ट्र बैकले लिएको नीतिलाई टेवा पु¥याउने उदेश्य बाकेर बैंकले एशो सिएसनमा आवद्ध ८२७ व्यवसायीलाई QR Code वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करिव ५० व्यवसायीलाई त्तच् ऋयमभ वितरण गरेको बैकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंक लि. बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा QR Code बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा बोल्दै मन्त्री चौधरीले भने “ नेपालकै नमुना अटो भिलेजको रुपमा रहेको बुटवल अटो इन्जिनियरिङ डिजिटल बैकिङ्गमा आवद्ध भएकोमा मन्त्री चौधरीले खुसी व्यक्त गदै कामना सेवा विकास बैंकलाई धन्यवाद दिनुका साथै अन्य व्यवसायी संघ संस्थाहरुमा समेत यो अभियान अगाडि बढाउन सुझाव दिएका थिए ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend