जन आकाश
काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न हुन गईरहेको निर्वाचनमा केन्द्र र प्रदेशको उम्मेद्धारी दर्ताको प्रक्रिया आजवाट सकिएको छ । भने जिल्लाहरुको यहि २२ गते सकिदै छ । आजसम्म प्राप्त उम्मेद्धार उठेका पत्रकारहरु धेरै जति पत्र–पत्रिका प्रकाशन नभएका र कुनै सञ्चार क्षेत्रमा त्यति आवद्ध नभएका तर कुनै न कुनै पत्र पत्रिकाले कार्ड बनाई दिएका वा पार्टीका मुख पत्रहरुमा काम गर्नेहरुको बर्चश्व देखिन्छ ।
आफै पत्रपत्रिका चलाएका लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध पत्रकारहरुको उम्मेद्धारी न्युन संख्यामा मात्र देखिन्छ । यो अवस्था देख्दा नेपालमा लामो समय पत्रकारिता गरिरहेका पत्रकारहरुको लागि चिन्ताको बिषय भईरहेको छ ।
पत्रकार महासंघ पत्रकारहरुको हक, हित, संक्षण गर्न भनेर स्थापना भएको संस्था हो । त्यहा नेतृत्व गर्न पत्रकारिता गरिरहेकाहरु पत्रकारको पनि पत्रकार भएको दक्ष पत्रकारले पत्रकारहरुको बिषयमा स्वरोजगार पत्रपत्रिकाहरुको बिषयमा उठेका समस्यालाई नीतिगत रुपमा योजना पेश गरेर पत्रकारहरुको हितमा जसले स्पष्ट खाका कोर्न सक्छ ती ब्याक्तिहरुलाई उम्मेद्धार बनाउनु पर्ने हो । तर पार्टी पार्टी बीचको तालमेल भागबण्डाको आधारमा लामो समय पत्रकारिता क्षेत्रमा पसिना बगाएका र काम गरेर अनुभव भएका पत्रकारहरुलाई पाखामा राखेर पार्टीले पत्रकार जस्तो मात्र देखिने खालका ब्याक्तिहरुलाई पत्रकार महासंघको निर्वाचनामा भाग लिन पठाएका छन् । यसले भोलिको दिनमा पत्रकारहरुको हितमा भन्दा पनि पार्टीको हित र अन्य क्षेत्रको हितमा मात्र काम हुन बेर लाग्दैन ।
भएभरका पत्रपत्रिकाहरु माथि अनेक खालका लान्छना लगाउदै पत्रकारमाथि अन्य क्षेत्र हावी हुने र पत्रपत्रिकाहरुलाई ब्यवसायीक समस्या निम्तन सक्ने सम्भावना बढेर गएको छ ।
अर्को उदेकलाग्दो बिषय यो पनि छ । वास्तविक पत्रकारहरुको पत्रकार महासंघमा कतिपयको सदस्यता नवीकरन छुटेको छ । भने नयाँ नचिनिएका थुप्रै पत्रकारहरुको नामवली प्रकाशन भएको छ । यो पनि चिन्ताको बिषय हो । नयाँ पत्रकारहरु नआउन भन्ने पत्रकारहरुको आसय होइन । तर ति पत्रकारिता क्षेत्रमा सक्रीय हुन की होइनन् त्यो चै महत्वपुर्ण कुरा हो । सक्रीय पत्रकारिता गरेकाहरु कोही छुट्नु हुदैन । पत्रकारिता नगरेकाहरु महासंघको सदस्यतामा पर्नु हुदैन । तर बिषय त्योभन्दा फरक पत्रकार महासंघमा भएको सहजै देखिन्छ ।
काठमाण्डौमा हाल निरन्तर बजारमा प्रकाशन भईरहेका तर स्वदेशी लगानीमा स्वरोजगारी भईरहेका पत्रपत्रिकाको सक्रिय पत्रकारहरु को को परे आफै रुजु गरेर पढ्नु होला ।
सक्रिय रुपमा देखिएका पत्रपत्रिकाहरु
१ हरि लम्साल राष्ट्रवाणी साप्ताहिक
२ केशव देवकोटा सध्याकालीन दैनिक
३ गोपाल छाङछा छहरा साप्ताहिक
४ यज्ञ न्यौपाने ताजाखवर साप्ताहिक
५ दामोदर दवाडी नयाँ बिकल्प साप्ताहिक
६ शम्भु श्रेष्ठ दृष्टि साप्ताहिक
७ गोपाल बुढाथोकी साँघु साप्ताहिक
८ मोहन कार्की जन आकाश साप्ताहिक
९ गोपाल थपलिया छलफल साप्ताहिक
१० निमकान्त पाण्डे जन धाराणा साप्ताहिक
११ राजन कार्की गोरखा एक्सपे्रस साप्ताहिक
१२ मदन श्रेष्ठ मध्याह्र दैनिक
१३ रामजी वगाले जन सवाल दैनिक
१४ प्रलाद रिजाल जनमञ्च साप्ताहिक
१५ इन्द्र रिजाल राष्ट्र आर्थिक मार्षिक
१६ गोपाल आचार्य सुदामा साप्ताहिक
१७ नारायण शर्मा डायरी एक्सपे्रस साप्ताहिक
१८ कमल राई खास खवर साप्ताहिक
१९ रमेश बोहोरा अर्थ सवाल साप्ताहिक
२० सुवास सुनुवार अखवार टाइम्श साप्ताहिक
२१ निरोजराज पाण्डे जनभावना साप्ताहिक
२२ मुक्ति बास्तोला रहस्य साप्ताहिक
२३ टंक कार्की ठोक्सिला साप्ताहिक
२४ एलेक्स लामा क्राईम टुडे मार्षिक
२५ राजेन्द्र उपचारक बिमर्श साप्ताहिक
२६ धन बहादुर मगर कृषि साप्ताहिक
२७ नेपाल भुषण न्यौपाने चर्चा साप्ताहिक
२८ छायाचन्द्र भण्डारी अभियाँन साप्ताहिक
२९ निरोज श्रेष्ठ इन्द्रेणी साप्ताहिक
३० भावना बिद्रोही बिद्रोही साप्ताहिक
३२ बिष्णु तारुके त्रिशुली प्रर्वाह साप्ताहिक
३३ केदार अधिकारी जन सञ्जाल साप्ताहिक
३४ रामचन्द्र बस्नेत तामाकेशी साप्ताहिक
३५ पुष्कर बस्नेत राष्ट्रिय आर्थिक मार्षिक
३६ ज्ञानेन्द्र प्रसाद पौडेल नयाँसडक दैनिक
३७ महेश्वर दाहाल समयबोध साप्ताहिक
३८ गोविन्द चौलागाई रौतहट साप्ताहिक
३९ शान्तराम बिडारी दामणपोष्ट साप्ताहिक
४० बिदुर ढुङगेल रामेछाप पोष्ट साप्ताहिक
४१ कुमार यात्रु महिमा साप्ताहिक
४२ देवेन्द्र चुडाल अभियाँँन साप्ताहिक
४३ भुपेन्द्र आचार्य राजतिलक साप्ताहिक
४४ बिनोद चौलागाई अमृतबजार साप्ताहिक
४५ देवेन्द्र गौतम नयाँ करेन्ट साप्ताहिक
४६ देव प्रसाद त्रिपाट्टी घटना र बिचार साप्ताहिक
४७ किशोर श्रेष्ठ जन आस्था साप्ताहिक
४८ शंखर कार्की जानकारी साप्ताहिक
४९ परसु घिमिरे तरुण साप्ताहिक
५० तेजेन्द्र प्रसाई ग्रेटर नेपाल साप्ताहिक
५१ बीर बहादुर लामा छर्योतेन मार्षिक साप्ताहिक
५२ द्धारिका उप्रेती रोडम्याप साप्ताहिक
५३ राजिव सिलवाल मेट्रो टुडे साप्ताहिक
५४ रामचन्द्र खड्का युनिटी भ्वाईस मार्षिक
५५ घनश्याम आचार्य दुनियाको खवर साप्ताहिक
५६ गणेग खडका डेमोक्रेशी टुडे साप्ताहिक
५७ इसा अधिकारी नारी संसार पाक्षिक
५८ प्रकृति नेपाल उर्जाशील खवर साप्ताहिक
५९ शिव बस्नेत जन आर्थिक संसार मार्षिक
६० यादव देवकोटा युगसंवाद साप्ताहिक
६१ गंगा बराल आलोचना साप्ताहिक
६२ बिष्णु गिरी युनिभर्सल टाईम्श साप्ताहिक
६३ प्रमोद पाण्डे रोशी साप्ताहिक
६४ बद्री अधिकारी देशरक्षा साप्ताहिक
६५ हेमराज सिलवाल डेमोक्रेशी साप्ताहिक
६६ गणेश मगर झोर्ले साप्ताहिक
६७ गोविन्द अधिकारी अवधारणा साप्ताहिक
६८ कृष्ण भुशाल मिलाम मार्षिक
६९ कौशल भट्टराई नयाँ बिमर्श साप्ताहिक
७० एकराज दाहाल गोलमेच साप्ताहिक
७१ राम प्र पोखरेल बिधुत संसार साप्ताहिक
७२ अरुण घिसिङ समयदृष्टि साप्ताहिक
७३ अर्जुन मैनाली युगबेथा साप्ताहिक
७४ केबी सम्राट राष्ट्र संक्षण साप्ताहिक
७५ राजेन्द्र चिमौरिया क्षप्रयास्त्र साप्ताहिक
७६ गोविन्द बहादुर पाण्डे रेसुङगा टुडे साप्ताहिक
७७ दिपक पाण्डे प्रकाश साप्ताहिक
७८ पदमभक्त खरेल चंछु साप्ताहिक
७९ बिएम दाहाल पिपुल्स रिभ्यु साप्ताहिक
८० पुष्प बास्कोटा बिश्व आवाज साप्ताहिक
८१ बलदेव प्रधान नेपालीपत्र साप्ताहिक
८२ महेस दाहाल बिशेष खवर साप्ताहिक
८३ मञ्जुरत्न शाक्य अर्पण साप्ताहिक
८४ युनाईटेड पोष्ट साप्ताहिक
८५ शान्तिप्रीय फिल्मी खवर
८६ लक्ष्मण सुनुवार अगुल्टो साप्ताहिक
८७ बिष्णु घिमिरे जनप्रहार साप्ताहिक
८८ केदार बास्कोटा सुनकोशी प्रर्वाह साप्ताहिक
८९ शुसिल तिवारी दिब्यदर्शन साप्ताहिक
९० कविर राना देशान्तर साप्ताहिक
९१ भविन्द्र कार्की न्युजमाण्डौ मार्षिक
काठमाडौमा निरन्तर प्रकाशनमा रहेका पत्रपत्रिकाहरु हुन् ।
यहा उल्लेख गरिएका पत्रपत्रिका स्वदेशी स्वरोजगारमुखीको लिष्ट हो भने अनलाईनको उल्लेख गरिएको छैन । सुचना बिभागमा जति अनलाईन छन ति धेरै जति पत्रपत्रिकाका सस्करण भएका कारण उल्लेख गरिएको छैन । ठुला भनिएका सञ्चार गृहलाई पनि समावेश गरिएको छैन । रेडियो, टेलिभिजनका साथीहरुको नामावली रुजु गर्ने काम भइरहेको हुदा समावेश हुन बाकी छ ।
माथि उल्लेखित पत्र–पत्रिकाहरु निरन्तर प्रकाशन भर्इृरहेका छन् । यी प्रकाशनमा आवद्ध पत्रकारहरु किन महासंघको निर्वाचनमा भाग लिइरहेका छैनन् । उत्तर सहज छ । पार्टी पिछेका पिछुवा संगठनहरु छन् ति संगठनहरु पार्टीको निर्देशनमा चल्ने गर्दछन् । भने पार्टीले सिफारिस गरेका पत्रकारहरुले मात्र उम्मेद्धारी जित्ने जस्ता बिगतका अनुभव छन् । त्यसकारण पनि वास्तविक पत्रकार र स्वतन्त्र पत्रकारहरुको मनोवल सिथिल भएको हुनुपर्छ ।
त्यसैले यो पटक वाट स्वतन्त्र प्रत्रकार जो पत्रकारिता पेशामा आवद्ध छन् उनिहरुले आट गर्ने जमर्को गरेको हमीले पछिल्लो अपडेट जानकारी पाएका छौ यो काम वास्वविक पत्रकारहरुको लागि नमुना पनि हुनसक्छ । याहा माथि उल्लेख भएका पत्रपत्रिकाका पत्रकारहरु मात्रै एक हुने हो भने नेपालको पत्रकार महासघमा पत्रकारहरुको हितमा काम गर्ने नेतृत्वको जन्म हुन्थ्यो ।
आज भरखरै मात्र प्रप्त जानकारी अनुसार भोलि हुने पत्रकार महासंघका जिल्ला शाखाहरुमा उम्मेद्धारी दिन राजनीतिक पार्टीका पिछुवा संगठनहरुले पत्रकाहरुलाई भन्दा अन्य क्षेत्रका पत्रकार महासंघको कार्ड बोकेकाहरुलाई भोलिका दिनमा पत्रकारिता क्षेत्र सिध्याउनलाई पछाडी बसेर खेल खेलाउने माफियाहरुलाई सधाउने गरी निर्वाचन लडाउदै छन् भनि बरिष्ठ पत्रकारहरुले नाम उल्लेख नगर्ने सर्तमा जानकारी गराएका छन् ।
यदि ति वरिष्ठ पत्रकारहरुले दिएको जानकारी सत्य हो भने नेपालको पत्रकारिता क्षेत्रको लागि निक्कै गम्भिर बिषय हो । पत्रकारहरुले आफ्नो पेशा व्यावसाय बचाउनको लागि पत्रकारहरुको हितमा स्थापना भएको संस्थालाई गैर पत्रकारहरुलाई महासंघमा छिर्न रोक्न उम्मेद्धारी दिएका पदमा कुनै पत्रपत्रिका, टेलिभिजन, रेडियो, अनलाईनमा काम नगरेका तर उम्मेद्धारी दिएका रहेछन् भने ति पदहरुमा भोट नहाल्ने र जो जो सक्रिय पत्रकारहरु छन् उनिहरुलाई मात्र भोट हालेर पत्रकारहरुको संस्थामा पत्रकारको नेतृत्व स्थापना गर्नुपर्ने देखिन्छ । यो काम पत्रकारहरुले नै गर्ने हो अरुले गर्ने होइनन् ।
पत्रकारहरुको व्यवसायमा पत्रकार बनेर छिर्ने र पत्रकार सिध्याउने एजेण्टहरुलाई पनि चिनेर पत्रकारिता क्षेत्रवाट विदा गर्नुपर्छ त्यस्ता एजेण्टहरु पनि पत्रकार महासंघको निर्वाचनमा उम्मेद्धारी भएको हल्ला आएको हुनाले को को हुन् ति चिनेर त्यस्तालाई परास्त गरौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend