जन आकाश
काठमाडौ । काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा चैत्र २१ गते नेपाल हिमालय सिमापार बाणिज्य संघको २१ सौ साधरणसभा औपचारिक रुपमा सम्पन्न भएको छ । अनौपचारिक रुपमा यहि चैत्त १८ गते बसेको नेपाल हिमालय सिमापार बाणिज्य संघको बैठकले अशोक कुमार श्रेष्ठलाई अध्यक्षमा र्निविरोध चयन गरिसकेको थियो । भने केही बाकीरहेका पदहरुमा औपचारिक साधरणसभावाट चयन गरिएको छ ।

साधारणसभा मार्फत वर्तमानवाट निवर्तमान भएका अध्यक्ष बच्चु पौडेलले अध्यक्षको पद अशोक कुमार श्रेष्ठलाइ हस्तान्तरण गरेका छन् । बिधिवत रुपमा अशोक कुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
कार्यक्रममा कोभिडको कारण खासै ब्यवसायीहरुको उपस्थिति थिएन थोरै संख्यामा उपस्थिति भएका तर कोरम पुगेको हुनाले साधारणसभा सम्पन्न गरेको नयाँ कार्यसमितिमा र्निविरोध चयन भएका वरिष्ठ उपाध्यक्ष रामहरि कार्कीले बताएका हुन् ।

प्रत्येक दुई बर्षमा अधिबेशन हुने गरेको नेपाल हिमालय सिमापार बाणिज्य संघमा अरु बेलाहरु जस्तो निर्वाचन हुन नसकेको यो नै पहिलो हो । अन्य अधिवेशनहरुमा कतिपय र्निविरोध र कतिपय प्रतिस्पर्धात्क रुपमा प्रतिस्पर्धा गरेर रमाइलो गर्ने गरेको देखिन्थ्यो ।
यो पटक कोभिडको समस्याका कारण व्यवसायीहरुमा त्यस्तो कुनै रौनकता छाउन सकेको देखिएन । तर पनि पुर्व अध्यक्ष तथा सल्लाहाकार बिष्णु बहादुर खत्रीको तदारुकता र टिम स्प्रिडमा व्यवसायीहरुलाई उर्जा भरेर लगेको देखिन्छ । उनै पुर्व अध्यक्ष बिष्णु बहादुर खत्रीले कार्यक्रम अवधिभर कार्यक्रमलाई सफल पार्न भुमिका निर्वाह गरिरहेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend