जन आकाश
रुपन्दही । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का विच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ ।
मिति २०७७÷१२÷२० गते भएको एक कार्यक्रमको आयोजना गरी उक्त संझौता सम्पन्न भएको हो । कार्यक्रममा आफ्ना मन्तब्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरु बारे जानकारी गराउदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरेका थिए ।
शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा भएको कार्यक्रममा प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द ्रअधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरेर ओपचाकिता दिएका हुन् ।
उक्त कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी विच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने कुरा बताएका थिए । प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्रअधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पारेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend