logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

पेट्रोल प्रतिलिटर १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम


  • जन आकाश
  • सोमबार, चैत्र २३ २०७७

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।



निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। जसअनुसार अब पेट्रोल प्रतिलिटर मूल्य १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम भएको छ।

पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।

मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करिब रु ८८ करोड बराबरको घाटा र एलपी ग्यासबाट मात्रै १५ दिनमा रु ६० करोड १३ लाख बराबरको घाटा भइरहेको निगमले जनाएको छ ।
बिगतमा अन्तराष्ट्रिय मूल्य समायोज नगर्दा अरबौ घाटामा रहेको थियो हाल अन्तराष्ट्रि मूल्य समायोजन गरेर लगेको हुदा घाटाको समाचार बनेको छैन ।

घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ । भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रुपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो रहेको निगमले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend