जन आकाश
काठमाडौ । मिति २०७७ १२÷२३ गते विहान १० बजे लैनचौर ब्याङ्क्वेट, (लैनचौर, काठमाण्डौमा) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सोह्रौं वार्षिक साधारण सभा भौतिक तथा जुम प्रविधि मार्फत सम्पन्न गरेको छ ।
उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चक्ता पंजी २.६०,६६,४०,४०० ( को ५ प्रतिशत बोनस शेयर तथा कर भक्तानी प्रयोजनका लागि चक्ता पूँजीको .२६३२ प्रतिशतले हुन आउने रकम रु.६८,५९,५८० (अक्षेरुपी अठसठ्ठी लाख उनान्साठी हजार पाँच सय असी मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नका साथै आ.व. ०७६÷७७ को वित्तिय विवरण पारित तथा आ.व.०७७÷०७८ को लागि लेखा परिक्षक नियक्ति लागायतका प्रस्ताव पारित गरी सोह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैकले जनाउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend