जन आकाश
काठमाडौ । नेकपा (माले) समर्थित देशभक्त पत्रकार संघ १३ वटा संगठनको एलाईन्समा सहभागी भएका थियो उक्त गठबन्धनले उठाएको ऐजेण्डा छोडेर गैर पत्रकारहरुलाई छानी छानी उम्मेद्वार बनाउने र वास्तविक पत्रकारिता गरिरहेका पत्रकारहरुलाई पाखा लगाउने गरी कार्य गरेको देखिन आएको हुुनाले साझा ऐजेण्टा बिपरित कार्यलाई सच्याउन पटक पटक आग्रह गर्दा पनि प्रेस युनियन र प्रेस सेन्टरले भएका गल्तीलाई सच्याउने प्र¥यास नगरेको हुनाले भोलि हुने निर्वाचनमा आफु मातहतका पत्रकार साथीहरुलाई जानकारीको लागि प्रेस संगठन र प्रेस युनियनको गठबन्धनमा नरहेको भनि देशभक्त पत्रकार संघको तर्फवाट तेजे्रन्द्र प्रसाईले हस्तक्षर गरेको बिज्ञप्तिमा उल्लेख छ ।
अन्य संगठनहरुले पनि समर्थन फिर्ता लिएको अनौपरिचारिक फोनहरु आएपनि औपचारिक बिज्ञप्ति आएको छैन । जसले गर्दा प्रेस युनियन र प्रेस सेन्टरलाई काठमाडौमा ठुलो धक्का लाग्ने अनुमान गर्न थालिएको छ । काठमाडौको मत परिणामसँगै केन्द्रमा समेत यसले असर गर्ने सहजै अनुमान लागाउन सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend