जन आकाश
काठमाडौ । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको नेतृत्वमा अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित भएका छन् । एशोसियसनको मिति २०७७।१२।२४गते, मंगलबारको दिन कसरा रिसोर्ट, पटीहानी २, भरतपुर, चितवनमा सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले उक्त कार्य समितिका पदाधिकारीहरुलाई चयन गरेको हो ।
यस्तो छ कार्यसमितिको नामवली
अध्यक्षःप्रद्युमन पोखरेल, प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ विकास बैंक
उपाध्यक्षःसुयोग श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेण्ट बैंक
सचिवःबोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक
कोषाध्यक्षः प्रविण बस्नेत, प्रमुख कार्यकारी अधिकृत, कामना सेवा बिकास बैंक
सदस्यहरुः
नरेश सिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक
प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक
श्रीचन्द्र भट्ट, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक र
नविन सुवेदी, प्रमुखकार्यकारी अधिकृत, सप्तकोशी डेभलपमेण्ट बैंक
उमेशकुमार आचार्य, प्रमुखकार्यकारी अधिकृत, ग्रिन डेभलपमेण्ट बैंक रहेका छन् ।
नव नियुक्त कार्य समितिका पदाधिकारीहरुले त्यही दिन सपथ ग्रहण गरी कार्यभार पनि सम्हाली सकेका छन् । एशोसियसनको पन्ध्रौं वार्षिक साधारण सभाले आ.व. २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७७÷०७८ को अनुमानित आयब्यय र लेखापरिक्षक नियुत्ति mलगायतका प्रस्तावहरु सर्व सम्मतिले पारित गरेको छ ।
जम्मा १५सदस्य विकास बैँकहरु मध्ये १४ सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।
अध्यक्ष ढकालले गत आ. व.मा कोभिड १९ ले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थामा धकेलेको भएता पनि सम्बद्ध सबैको प्रयासले बिकास बैंकहरुले ग्राहकहरुका समस्या धेरै हदसम्म सम्बोधन गर्न सफल भएको बताएका थिए ।आफ्नो कार्यकालमा सहयोग पुर्याउनु भएकोमा सम्बद्ध सबैलाई हार्दिक धन्यवाद पनि ज्ञापन गदै ढकालले नव नियुक्त अध्यक्षलाई पदभार हस्तान्तरण गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend