logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रगतिशील पत्रकारहरुले आफ्नै घर जलाएर युनियनलाई देखाएको इमानदारिता


  • जन आकाश
  • बिहिबार, चैत्र २६ २०७७

मोहन कार्की ।
टिप्पणी
काठमाडौ । नेपाल पत्रकार महासंघको २६ औं अधिवेशनले देशभर हजारौ पत्रकारहरुको नयाँ नेतृत्व चयन गदैछ । यहि चैत्र २५ गते देशभरी भएको निर्वाचनका मतगणनाहरुको परिणामहरु आउने क्रम जारी छ । यि परिणामहरु आउदा केही जिल्लामा केपी पक्ष तर्फको प्रेस चौतारीको बिजय भएपनि धेरैजति जिल्लाहरुमा प्रेस युनियन र प्रेस सेन्टरको पक्षमा मत गएको देखिन्छ ।



जिल्ला–जिल्लाका मत परिणामहरु आएको रेकर्डलाई आधार मान्ने हो भने प्रेस सेन्टर र प्रेस युनियन गठबन्धन कुनैवेला प्रचण्डको नेतृत्वमा काग्रेस र एमाओवादीको गठजोडमा बनेको सरकारको झल्को दिनेगरी नेपाल पत्रकार महासंघमा भइरहेका परिणामहरु र त्याहा उम्मेद्वार उठेका पत्रकारको नेतृत्व गर्नेहरुको घमण्ड त्यस्तै त्यस्तै देखिन थालेको छ ।

कांग्रेस निकट प्रेस युनियन र एमाओवादी निकट प्रेस सेन्टरको यतिवेला दम्भको सीमा कुरा गरिसाध्य छैन । हिजो नै मतदानस्थलहरुमा नारा जुलुस त गरेकै थिए ।आजवाट आफ्नो पक्षमा मतपरिणाम के देखिन नपाउदै अन्य कम्युनिष्ट घटक छन् उनिहरुलाई सार्वजानिकस्थलमा नै अव थाहापाउँछौ भनि तर्साउन थालिसकेका छन् । एमाले माधव नेपाल समुहका प्रेस चौतारीलाई प्रेस सेन्टर र प्रेस युनियनले खासै त्यति महत्व नदिएको भएपनि आफ्नै घर जलाएर प्रेस युनियनलाई इमानदारितासाथ गुन लगाएको प्रेस चौतारी नै दावी गर्ने माधव नेपाल पक्षको राजेस राइ समुहले अहिले आउन थालेको मतपरिणमलाई लिएर लेखिरहेका फेसबुक स्टाटस र मत गणनास्थलहरुमा हामीले आफ्नै घर जलाएर भएपनि इमानदारिताकासाथ कुनैवेलाको वर्ग दुश्मन मान्ने प्रेस युनियनलाई गुन लगाएका छौ भन्दै काठमाडौको मतगणनास्सथल सञ्चार ग्राम वरिपरि हिडेको सुनिन्छ । देखिन्छ ।

यो जतिको मजाक के हुन सक्ला नेपालका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई तिनै पार्टीले चलाएका जन वर्गीय संगठनका पत्रकारहरुलाई सुन्दा देख्दा नेपालका कम्युनष्ट पार्टीेको सदस्य खल्तीमा हालेर हिडेका सेतै कपाल फुलेका चौतारी दावी गर्ने माधव समुहका लगायत अरु पनि कम्युनष्टि हु भन्दै माहान आदर्शका गफ दिन पछि नपर्नेहरुले प्रेस युनियनलाइ लगाएको गुन सायद इतिहाँस उल्लेख हुन्छ नै होला !
इतिहाँस त लेखिसकेको हुन्छ । पार्टीका नेता कार्यकर्ता हु भन्नेहरुले त्यो बिर्सन पनि सक्छन् । र भोलिका दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता भनेको कांग्रेसलाई इमानदारिताका साथ यस्तै महत्वपुर्ण निर्वाचनहरुमा कांग्रेलाई सघाउने २ ÷४ सीट आफु लिने र कम्युनिष्ट हु भन्ने तर बाम जस्तो देखिने कुनै बाम पार्टीको बहुमत आउन नदिन, हराउन पर्टी लाग्ने हो भन्ने शिक्षा दिनेगरी काम गर्ने हो भन्ने सिकाउन मात्र कम्युनिष्ट पार्टी नामका नाङलो, फुङलो, थुन्से पसल खोलेका हुन् भनेर देखाउन खोजेका होलान् !

हामी कम्युनिष्ट पार्टीका कार्यकर्ता भनिने पनि त्यस्तै त छौ नि, जता गुलियो उतै पल्कियो नेताहरुले जे जे भन्छन् त्यही मान्यो ब्याक्ति बिशेषले जे अराह्रउछ भन्छ त्यसैको पछि दौडियो सन् १८४८ बिदेशमा स्थापना भएको कम्युनिष्ट पार्टीको ठेलीहरु घोक्यो घोकायो मान्छे नेताहरुले भाषण गर्छन ताली पिट्यो बस्यो तर त्यही कम्युनिष्ट होस् वा प्रजातान्त्रिक ब्यवस्था भएका देशहरुले गरेको प्रगति कसरी गरेछन् । बिकास गर्ने आधारहरु के के हुन् । भन्ने बिषयमा कहिल्यै अध्ययन नगर्ने जहिले पनि ब्याक्ति बिशेषको स्वार्थमा पार्टीहरु फुट्ने फुटाउने र कार्यकर्तालाई त्यसैको वाहानामा झगडा गराउने कार्यमा कार्यकर्ता सहभागी भइहाल्ने कहिले यो पार्टी कहिल्य त्यो पार्टी गर्दागर्दा नै समय गुज्रिएर सकिदा समेत कहिल्यै समिक्षा नगर्नेहरुको सस्कार बसेको नेपालमा यस्तै यस्तै परिणाम भन्दा अरु के आशा गर्न सकिन्छ ।

जन आकाश साप्ताहिकको प्रधान सम्पादक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend