जन आकाश
इलाम । अनेरास्ववियु इलामको आयोजनामा अन्तराष्ट्रियस्तरको निबन्ध प्रतियोगिता सुरु भएको छ । शहिद रत्नकुमार वान्तावाको ७० औँ जन्मजयन्ती तथा ४३ औँ स्मृति दिवशको अवसरमा बौद्धिक पलायनका कारण र समाधानका उपायहरु शीर्षकमा अन्तराष्ट्रियस्तरको निबन्ध लेखन प्रतियोगिता शुरु भएको हो ।
युवाहरुको विदेश पलायनको समस्यालाई कसरी समाधान गर्ने ? भन्ने विषयलाई निबन्ध लेखन प्रतियोगिताले बहसको रुपमा अगाडी बढाउने आयोजकले जनाएको छ । नेपाल जस्तो विकासोन्मुख मुलुकबाट युवाहरुको विदेश जाने प्रवृत्ति कायमै रहेको छ । कोही उच्च शिक्षाका लागि कोही अध्ययनका लागि कोही पर्यटक भएर वा कोही वैदेशिक रोजगारीको विदेश जाने संख्या घट्नमा भन्दा पनि बढ्नमा जानले युवा किन विदेशतिर भन्ने प्रश्न उठिरहन्छ । सबै भन्दा धेरै भने वैदेशिक रोजगारीकै लागि विदेश जाने तथ्याङ्क छ ।
तर निबन्ध प्रतियोगिताले बौद्धिक युवा जमातको विदेश पलायनलाई मूख्य बहसको रुपमा अगाडी बढाईएको आयोजक अनेरास्वियु जिल्ला कमिटि इलामका संयोजक मिलन खत्रीले जन अकाश डटकमलाइ जानकारी दिए । उनले भने( विदेशिने नेपालीहरुको कारणहरु त धेरै छन् तर युवा जमातहरु विदेश गएर उत्तै पलायन हुने विषयलाई निबन्धमार्फत बहस उठाउनेछ, उनले थपे युवाहरु उच्च शिक्षाका लागि अध्ययनका लागि वा सीप सिक्न विदेश जाने तर अध्ययन पूरा गरि दक्ष भईसकेपछि समेत स्वदेश नफर्किने कारण के हुन सक्छ भन्ने विषयलाई निबन्धमार्फत बहस गरिने उनको जिकिर रहेको छ ।
निबन्ध प्रतियोगितामा संसारका जुनसुकै मुलुकहरुबाट भाग लिन सकिनेछ प्रतियोगतामा नेपाली र अंग्रेजी दुवै भाषामा निबन्ध लेख्न सकिनेछ ।निबन्ध लेखी आयोजकलाई उपलब्ध गराउनु पर्नेछ । निबन्ध प्रत्यक्ष वा इमेलमार्फट आयोजकसामु उपलब्ध गराउनुपर्नेछ । प्रतियोगितामा सहभागि हुनेले एक महिनाभित्र अर्थात् २०७८ वैशाख २९ गतेसम्ममा निबन्ध आयोजकलाई उपलब्ध गराउनुपर्नेछ ।
उपलब्ध निबन्धहरुलाई विज्ञहरुबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कारको राशि ३५ हजार ८ सय नेपाली अर्थात् ३ सय डलर रहेको छ। प्रतियोगितामा द्वित्तीय हुनेले २३ हजार ८ सय अर्थात् २ सय डलर र तृत्तीय हुनेले ११ हजार नौ सय अर्थात् १ सय डलर प्राप्त गर्नेछ । छनौटमा परेका उत्कृष्ट निबन्धहरुलाई अनेरास्ववियुले पुस्तकमार्फत प्रकाशन गरिनेछ ।
प्रतियोगिताका नियमहरु निम्नानुसार रहेको छन् ।
निबन्ध घटिमा २५०० शब्द देखि बढीमा ३५०० शब्दको हुनुपर्नेछ ।
निबन्ध सक्कल र यस अधि प्रकाशित नभएको हुनुपर्नेछ ।
निबन्धका हरफहरु अरु कुनै लेखहरु संग हुबहु मेल नखाने गरिको हुनुपर्नेछ ।
निबन्धमा कुनै पनि जाति, धर्म, सम्प्रदाय, लिङ्ग, राष्ट्रलाई आक्षेप लगाउन पाउने छैन ।
निबन्ध नेपाली वा अंग्रेजी भाषामा लेख्नुपर्नेछ ।
सहभागिले आफ्नो व्यक्तिगत विवरण (नाम, थर, ठेगाना, उमेर, पेशा, सम्पर्क नम्बर अनिवार्य खुलाउनु पर्नेछ ।
निबन्ध मिति २०७८÷०१÷२९ गते (12 May 2021) सम्ममा पठाई सक्नु पर्ने छ ।
भनि सूचना प्रकाशन गरेको छ । भने सञ्चारमाध्यमहरुलाई बिज्ञप्तिमार्फत पठाईसकिएको आयोजकले बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend