logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

फलफूल तथा तरकारी बजारमा पनि बैक अफ काठमाण्डू


  • जन आकाश
  • शनिबार, चैत्र २८ २०७७

 



 

काठमाडौंै । बैंक अफ काठमाण्डू लिमिटडेले फलफूल तरकारी बजारहरमा पनि ९त्तच् ऋइम्भ्० विस्तारित गरेको छ । हाल काठमाडौको कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी ९त्तच् ऋइम्भ्० सेवाको मिति २०७७ चैत्र २७ गते शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलबाट उदघाटन गराई क्युआर कोड बितरण गरेको हो । त्यसैगरी कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले त्तच् ऋयमभ स्क्यान गरी भुक्तानी गरेका थिए ।

 

कार्यक्रममा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराएका थिए ।

साथै, उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंम्सा गदै धन्यवाद दिएका थिए ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend