जन आकाश
काठमाडौ । एभरेष्ट बैकको सिईओमा सुदेश खालिङलाई नियुक्त गरेको छ । लामो बैकिङ करिएर बनाएका र व्यवस्थापनमा अब्बल सुदेश खालिङलाई यो भन्दा अगडी नै एभरेष्ट बैकले आग्रह गरेको थियो ।
खालिङले लक्ष्मी बैकको सिईओको रुपमा कार्य गरिरहेको हुनाले त्यतिवेला सम्भव भएको थिएन । त्यसपछि सिटीजन्स बैकको सञ्चालक समितिको अध्यक्ष रहेका खालिङ कार्यकारी भुमिकामा रहन चाहिरहेका थिए । सोही अवस्थामा एभरेष्ट बैकले कुशल व्यवस्थापनको लागि खोजिगरिरहेको थियो । खालिङको लामो बैकिङ करिएर र अन्य बैकहरुमा कुशल नेतृुत्व गरेर आफुलाई अब्बल दर्जामा चिनाई सकेका खालिङलाई रिपोर्ट र कार्य क्षमता, योग्यताको आधारमा भारतमा केन्द्रीय कार्यलय रहेको बैकले भारतको नै सिईओ नियुक्त गदै आएको थियो । त्यो चलनलाई एभरेष्ट बैकले तोडेको छ । नेपाली सिईओलाई बिश्वास गरेर बैकले नेपालीहरुको मन जित्ने कोशिस गरेको छ ।

नेपाली बित्तिय क्षेत्रमा धेरै लगानीकर्ताको मन जितेका खालिङ एभरेष्ट बैकको पहिले नेपाली सिईओ बनेका छन् । नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले अहिलेपनि मुख्य ब्याक्तिहरु उनिहरुकै देशका मानिस राख्ने थियो । त्यौ चलनलाई तोडेको छ । नेपाली सिईओ नियुक्त गरेको छ । यो एभरेष्ट बैकको उदार नीति र उदारणले आउदा दिनहरुमा नेपाली व्यवस्थापकहरु पनि अन्तराष्ट्रियस्तरका हुन्छन् भन्ने देखाएको छ ।
हाम्रो जन आकाश मिडियाको तर्फवाट पनि सिईओ सुदेश खालिङसलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना साथै नेपाली कुशल व्यवस्थापन गर्न सक्छन् भन्ने बिश्वास गरेकोमा एभरेष्ट बैकलाई पनि धन्यवाद ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend