logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

“सनातनिक संस्कृति विश्व मै वेजोड” पुर्व राजा ज्ञानेन्द्र


  • जन आकाश
  • सोमबार, चैत्र ३० २०७७

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले सनातनिक संस्कृति बिश्वमा नै वेजोड रहेको बताएका छन् । भारतको कुम्भमेलाको निमनत्रणामा गएका ज्ञानेन्द्रले उक्त कुार सम्बोधनका क्रममा बताएका हुन् ।
उनले हजारौ हजार बर्षदेखिको सनातनि धर्म लोभ हुदै गएको र धर्म संस्कृतिहरु आर्य सभ्यता खिइदै गएको प्रति महन्त साधु सन्तहरुको ध्यान पुगोस भनि ध्यानकर्षण पनि गराएका थिए ।



उनले गरेको सम्बोधनको सार प्रेस सल्लाहकार फणिराज पाठकले पठाएको नोटमा उल्लेख छ ।

यो विशाल, यो पूण्य कार्य कृत्य र यो पवित्र धार्मिक सनातनिक एवं सांस्कृतिक समारोहको आयोजक – यहां पाल्नू भएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि, मनिषि एवं समस्त सन्त, महन्त, साधकहरू,
म सबै सबैलाई नमन गर्दछु, दूई कर जोडी बन्दन गर्दछु ।
गंगा तटमा अवस्थित यो पवित्र धाम, यो देवस्थल हरिद्वारको यो विशेष पूण्य कार्य र यो विशाल समारोहमा म यहांहरूको निकटमा रही, दर्शन, अर्चन, वन्दनमा सरिक छु । यहांहरूको श्रद्धयूक्त आमन्त्रण पाएर उपस्थित छु । यस निम्ति म गौरवान्वित छु । यहांहरू सबैप्रति साधूवाद ।

हाम्रा वेद र शास्त्रहरुको मत र मान्यता मूताविक मैले सूने बूझे अनूसार कूम्भघट अमृत तत्वले भरिपुर्ण घट हो । सत्य यूगमा समून्द्र मन्थनबाट उत्पन्न अमृतका घडाहरू पहिले दानवहरूद्वारा लूटिएका थिए, ति घडाहरू पछि गरुडद्वारा खोजी गरि ल्याइएको र प्रयाग, हरिद्वार, नाशिक र आवन्तिक स्थलहरूमा खडा गरिएको थियो । सोहि परम्परा अनूरुप हरेक बाह्र बर्षमा लाग्ने कूम्भ मेलाको विशिष्ट महत्व रहन गएको देखिन्छ । अमृतका तिनै कूम्भ घडाहरूबाट थोपा थोपा गरि विभिन्न नद नदिमा प्रभाहित भएकाले नै पुर्वीय दर्शनमा हाम्रा नद नदिहरुको, हाम्रा पर्वतीय घाटीहरूको तथा विभिन्न वन वाटिकाहरूको धार्मिक र शास्त्रीय मान्यता रहन गएको हो । प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनूराग राखेर काम गरेको एक प्रकृति पुजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु ।

जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइंदै लगिएको आजको प्रदूषणायूक्त विश्व क्षेत्रमा समस्त वातावरणालाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कूम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपुर्ण ढंगले बूझ्न सकिन्छ । हराभरा स्वच्छ प्रकति, निर्मल नद नदि तथा ताल तलैया एवं समस्त वातावरणलाई प्रदूषण मूक्त बनाउने आजको विश्वव्यापी अभियानमा कूम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनूष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हून्छन् भन्ने मेरो दृष्टिकोण छ ।

भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भुखण्ड ( हाम्रा यी हिम श्रृंखला, हाम्रा यी अनेकौं नद नदिको महत्व महान छ ( हजारौं वर्ष अघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्व मै वेजोड छ ।

हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थ शास्त्र सबै सबै नै महत्वपुर्ण छन् ( तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन छन् ।

नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवं अनेकौं स्थानहरू यस्ता छन् ( जसले सदैव ( सर्वे भवन्तू सूखिनको विश्वव्यापी मान्यता राख्दछन् । हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूलाई तथा हाम्रा अनेकौं रितिस्थितिलाई के कति बूझ्दछन् कून्नि, तर सारभुतरूपमा भन्नू पर्दा हाम्रो धर्म सभ्यता, संस्कृतिका अनेक आर्दशहरू विश्व कै मानवीय मुल्यलाई डो¥याउंद छन् ।

सानो छंदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नू भएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिएं बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिंइदै गएको कूरामा उहांले उक्त निबन्धमा लेख्नू भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केहि समयदेखि हाम्रो पुर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कूरा सांचो हो ।

अब हामीले हाम्रो धर्म बचाउनू छ, हाम्रो संस्कृतिको रक्षा गर्नू छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नू छ । हाम्रा गंगा नद नदिहरूको प्रवाह स्वच्छ पार्नू छ । भगवान रामले भन्नू भएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ ।

यिनै प्रयोजन हेतू यो महाकूम्भ मेलाको यो विशाल भेलाको र यहां उपस्थित सबै विद्वान, विदूषि, सन्त महात्माहरूको ध्यान पूगोस् – यही अवधारणा छ मेरो – फेरि पनि सबैमा साधूवाद । धन्यवाद ।

अप्रिल ११ २०२१

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend