logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

महानगरपालिकाको यो हर्कत किन ?


  • जन आकाश
  • सोमबार, चैत्र ३० २०७७

काठमाडौ । काठमाडौ महानगरपालिकाले अहिले दैनिक जसो विभिन्न स्थानवाट मोटरसाइकल, स्कुटर पार्किङ गरिराखेका ठाउँबाट उठाएर लगेको देखिन्छ।



मनिसहरु काठमाडौ सहरमा रहरले नभएर कतिपय बाध्यताले दुइपैशा कमाएर जसोतसो घरभाडा तिरेर  बचेको रकमले  जिविकोपार्जन गर्दै  आएका छन । ती माथी कोभिडको सन्त्रासले आर्थिक सङ्कट ब्यहोरेका सर्वसाधरणहरु बल्लतल्ल अलिअली सुस्कुराउन थालेको बजार र बिस्तारै काठमाडौमा बनिबुथो गरेर बसेका मानिसहरू आम्दानी होला र कोभिडको समयमा लागेको रिन तिरौला भनी काम गर्न थालेका छन।

तर त्यही काम गरिरहेका सर्वसाधारण मानिसहरूको दिनभरी मर्केटिङ, वा अन्य छिटफुट काम गरेर दैनिक यसो छाक टार्न बजारमा निस्केकाहरूको मोटरसाइकल, स्कुटर महानगरले उठाएर लैजाने कार्यले काठमाडौ सहर गरिखाने मानिसहरूको सहर नभएको जस्तो भान हुनेगरि महानगरको ब्यवहारले देखाउछ।

काठमाडौ सहरमा पार्किङ गरेको मोटरसाइकल, स्कुटरले समस्या ल्याएको हो भने ब्यवस्थित पार्किङस्थल किन बनाइदैन ? विकल्प नदिइकन एकैछिन रोकेर काम सक्ने बित्तिकै हिड्न खोज्दा मोटरसाइकल, साइकल, स्कुटर हराइसकेको हुन्छ। खोज्दै जादा महानगरपालिका पुगेको हुन्छ ।

यस्तो हर्कत काठमाडौ महानगरले कस्को बलमा किन गर्दै छ? पीडितहरुले आज अनामनगरमा यस्तै यस्तै बाक्यले आक्रोश पोखेका थिए । यदि उनिहरुले भनेको जस्तै यतिबेला केपि वलिको सरकारलाइ बदनाम गराउन काठमाडौ महानगरका बिद्या सुन्दर लागेका त होइनन् ?

नभए विकल्प नदिइकन दुख मात्र दिनेगरि अरुको सवारी साधन उठाउदा कति पिडा हुन्छ होला।

त्यसो गर्नुको सट्टा महानगरका प्रहरिलाइ त्यस्ता अनाधिकृत सवारी हुने ठाउहरुमा खटाएर चेतना फैलाइने र विकल्प दिन सके त्यो बुद्धिमानि हुन्थ्योकी ?

भोलिका दिनहरुमा सवारी हरायो भनेर गरिखाने बर्गहरु छटपटाउने थिएनन् । यतातिर पो सोच्ने होकि !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend