logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल एसबि आइ बैकले पनि क्लिरिङ हाउससँग गर्यो सम्झौता


  • जन आकाश
  • मंगलबार, चैत्र ३१ २०७७

काठमडौ । नेपाल एसबि आई बैंक लिमिटेडले ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ ।



उक्त सम्झौता पत्रमा नेपाल एसबि आई बैंक लि.का नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र नेपालक्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर संयुक्त हस्ताक्षर गरेका छन् ।

त्यो सम्झौता पछि उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट,सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । भनि बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend