जन आकाश
काठमाडौ । कुमारी क्यापिटल लिमिटेडले नव बर्ष २०७८ को पावन अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ । जसबाट नयाँ तथा पुरानो लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना (Investment Planning), धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना (Portfolio Re-balancing & Structuring), सम्पत्ती ब्यवस्थापन (Wealth Management) सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि निशुल्क सेवा संचालनमा ल्याएकोे छ ।
साथै अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट (Khalti Digital Wallet) प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक (5% Cash Back) पाउन सकिने क्यापिटलले जनाएको छ ।
लगानी मेलाबाट सर्बसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरीे परामर्श सेवा प्रदान गर्नेछ । लगानीकर्ताहरुले संस्थाको लगानी विशेषज्ञहरु द्धारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन । त्यसैैले यस मौकालाई अधिकतम फाइदा लिन क्यापिटलले अनुरोध गरेको छ ।
अनलाइन मार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइट www.kumaricapital.com मा गई online links मा क्लिक गरि online demat मा गई सम्पुर्ण आवश्यक विवरण प्रबिष्ट गरि हितग्राही खाताको लागि एक पटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिने छ ।
लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरि निशुल्क गरिएको छ । साथै, यस मेला मार्फत कुमारी क्यापिटल लिमिटेडको लगानी ब्यवस्थापन सेवामा आवद्ध हुने सम्पुर्ण लगानीकर्ता लाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ । सार्वजनिक बिदाको दिन र शुक्रबार बाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला संचालन हुनेछ । यस लगानी मेलामा भर्चुअल माध्यम बाट पनि आवद्ध भई लाभ लिन सकिने छ । यो सेवा प्राप्त गर्नका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्साल स्थित कार्यालयमा सम्पर्क गरि अथवा निम्न फोनमा सम्पर्क तथा इमेल ठेगानामा इमेल गरि सहभागी हुन सकिने क्यापिटलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend