जन आकाश
काठमडौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन होटल चितवनप्रा. लि.(द फर्न रेसिडेन्सीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यो सम्झौतालई कतिपय बिश्लेषकले मुक्तिनाथको जुक्तिको रुपमा पनि हेरेका छन् ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले होटल चितवन प्रा. लि.बाट सञ्चालित भरतपूरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाई र खाना तथा परिकारहरुमा १५%सम्म छुट पाउने छन् ।
मुक्तिनाथ बिकास बैकले बिभिन्न क्षात्रसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुलाई सुविधा दिदै आएको छ । जनता बैकमा होइन बैक जनतामा जानुपर्छ भन्ने उदेश्य राखेर काम गरिरहेको बैकले यतिवेला बिकास बैकहरुको क्षेत्रमा उल्लेखिय काम गरिरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend