logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नविल बैकद्धारा स्मार्ट कार्डको शुरुवात


  • जन आकाश
  • शनिबार, बैशाख ४ २०७८

काठमाडौ । नविल बैकले स्मार्ट कार्डको शुरुवाता गरेको छ । नविलका ग्रहकहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता÷निष्क्रियता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्ट बैंक एप द्वारा नै गर्न सक्नेछन् ।



विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा े ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गदर्,ै स्वस्थ्य एवम सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ ।

सन् १९८४ स्थापना कालदेखि बिभिन्न खालका सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको जानकारी दिदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend