जन आकाश
रुपन्देही । गएको चैत्र २८ गतेवाट यहि बैशाख ४ गतेसम्म बुटवलमा बसेको सुतार कार्की सेवा समितिको केन्द्रीय समितिले निम्न निर्णय गरेको सार्वजनिक भएको छ।
नेपालको जन गणना २०७८ मा आफ्नो नामको पछाडी थर लेख्दा कार्की क्षेत्री लेख्ने र धर्म के मान्ने भन्ने बिषयमा हिन्दु लेख्न देशैभरिका सुतार कार्की प्रदेश, जिल्ला, नगर, गाउँ समितिहरुलाइ निर्देशन दिएको बिज्ञप्तिमा उल्लेख छ।
बिज्ञप्तिमा केन्द्रीय अध्यक्ष दिब्यध्वज कार्की र महासचिव श्रीमान कार्कीको हस्ताक्षर रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend