logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

नवलपरासीमा बस पल्टिदा तीन जनाको ज्यान गयो


  • जन आकाश
  • आइतबार, बैशाख ५ २०७८

 



रुपन्देही । शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस पल्टिदा ३ जनाको ज्यान गएको छ ।

दुर्घटना परी घाइते भएकाहरुलाई चितवनस्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममालगिएको भएपनि उनिहरुको मृत्यु भइसकेको थियोे ।

दुर्घटनामा इलाम घर भएका २५ वर्षीया धनु दर्लामी, मकानपुर जिल्ला बकाय गाउँपालिका घर भई हाल विनयी त्रिवेणी २ दाउन्ने गुम्बामा बस्ने ५७ ज्ञामु हिसे छमु ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका निवासी ६६ वर्षीय हिमलाल न्यौपाने रहेका छन् । २८ जना घाइते रहेका छन् । घाइतेहरु सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ७००० नम्वरको बस दाउन्ने बजार नजिक सडकबाट करिव २ सय मिटर तल खसेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend