logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

ईम्बोष्ड नम्वर किन लागु गदैछ सरकार ?


  • जन आकाश
  • आइतबार, बैशाख ५ २०७८

रामेश्वर राउत (मातृदास)



काठमाण्डौं । अहिले नेपालमा इम्बोष्ट नम्वर लागु गर्न सर्वोच्च अदालतले निर्देशन दिएसँगै नेपालीहरु झस्किएका छन् । (देवनागरी लिपी तथा वर्ण अक्षर बचाऊ) अभियानका अभियान्ताको भनाइलाई समेत आधार मान्ने हो भने आफ्नो भाषाको संसारकै सर्वोत्कृष्ट देवनागरी लिपि ,सर्वाङ्गपूर्ण वर्णाक्षरहरु ,अंक र सार्वभौमसत्ता सम्पन्न राष्ट्र र आम नागरीकहरुको गोपनियताको संवैधानिक हक समेत सधैंका लागि समाप्त पार्ने विषाक्त उद्देश्य र योजनामा ल्याइएको र जवर्जस्ती लादेर लागू गर्न खोजिएको आत्मघाती,
भएको भनेर आरोप लगाएका छन् । रमेश्वर राउतले दिएको जानकारी अनुसार

भाषामारा र पूर्णत, असंवैधानिक, इम्बोष्डनम्बर, यथाशीघ्र रद्द र बन्द गरी आफ्नैभाषाको अक्षर र अंकहरु नै यथावत कायम राख्न सम्पूर्ण वक्ताहरुले प्रभावशाली एवंतथ्यगत भनाइ राखेका थिए । वाणी वागेश्वरी ज्ञानदायिनी माता सरश्वतीको सभाध्यक्षता र न्यायदेव कोटिर्लिङ्गकालभैरवको प्रमुख आथिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व न्याय तथा कानून मन्त्री सांसद शेरबहादुर तामाङ , सभासद नरोत्तम वैद्य , वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ , व.हरि उप्रेती, व . अ आनन्द सन्तोषी राई ,वरिष्ठ पत्रकार देवप्रकाश त्रीपाठी ,समाजसेवी सुशील ढुङ्गेल,पूर्व सहायक रथि इतिहासकार डा प्रेमसिंह बस्नेत, नेपाल व्यवसायि संघका महासचिव भोलानाथ पौड्याल, सामाजिक अभियन्ता सुशील शाही ,नेपाल प्रजातान्त्रीक कानून व्यवसायी सघंका अध्यक्ष्य अधिवक्ता योगेन्द्रबहादुर अधिकारी लगायतका वक्ताहरुले नेपालको संविधान २०७२ को धारा १(१) ,धारा ७(१) ,धारा २८ , धारा ३२(३) , धारा १३३(२) र(३)तथा धारा २७४ (१) देखि (१०) समेतको संवैधानिक प्रावधानको विपरीत र वर्खिलाप हुनेगरी ल्याइएको असंवैधानिक ,आत्मघातीर भाषामारा आत्मघाती ईम्बोष्ड नम्बरप्लेट नेपालमा सञ्चालन हुने कुनैपनि सवारी साधनहरुमा प्रयोग गर्ने अत्याचार हामी जिम्दा नेपालीहरुका लागि मान्य र स्वीकार्य नहुने भनाइ राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौड्यालले आफ्नो भाषाको वर्णा क्षरहरु ,
अंक , देवनागरी लिपि र संवैधानिक गोपनियताकोहकलाई नजर अन्दाज गरेर केही स्वार्थी समूहको ईशारामा गरिने र गरिएका राष्ट्रविरोधी कार्यको नेबाएले कहिल्यै पनि समर्थन नगर्ने आफ्नो लिखित मन्तव्य कार्यक्रममा पठाएका थिए ।

कार्यक्रम ,नेपाल बार एशोसिएशन भाषा साहित्य विभाग ,नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान , निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपाल,पूर्व सुरक्षाकर्मी परिषद ,नेपाल ,राउत क्षत्री सेवा समाज नेपाल , मातृभूमिका लागि हामी र नेपाल व्यवसायी कलाकार संघको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

कार्यक्रमको संयोजन देवनागरी लिपि तथा वर्णा क्षरहरु बचाउँ,अभियानका अभियन्ता कवि एवं अधिवक्ता रामेश्वर राउत मातृदासको संयोजकत्त्वमा सम्पन्न भएको थियो ।अधिवक्ता भद्रा राउतको स्वागत मन्तव्यबाट कार्यक्रमको आरम्भ भएको थियो । पाञ्चजन्य शंख घण्ट ध्वनीका साथ गुञ्जायमान भएको उक्त कार्यक्रम पाञ्चजन्य शंख घण्ट ध्वनीबाट नै समापन भएको थियो। कार्यक्रम होटेल हार्दिक, बागबजारको काव्य सभाकक्षमा सम्पन्न भएको जानकारी रमेश्वर राउतले दिएका हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend