जन आकाश
काठमाडौं । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह केही बेरअघि स्वदेश फर्किएका छन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागतका लागि ठूलो भीड जम्मा भएको थियो । विमानस्थलको भित्री गेटसम्म पुगेका समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा लगाएका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए । त्यस्तै विमानस्थल परिसरभित्रै पञ्चेवाजासमेत घन्काइएको छ ।

विमानस्थलको बाहिरी गेटमा पनि समर्थकहरू जम्मा भएका थिए । धेरैको हातमा राष्ट्रिय झण्डा बोकेका थिए । भारतमा राजाको हैशियतमा सम्मान दिएर कुम्भमेलामा सहभागी भएको बिषयलाइ लिएर नेपालका पुर्व प्रधानमन्त्री झलनाथ खनालले बिरोधको स्वर निकाले पछि नेपालमा राजतन्त्र समर्थकहरुले सामाजिक सञ्जालमा राजाको पक्षमा धेरै लेख रचनाहरु लेखेका थिए । नेपालमा सत्तापक्षको रडाको र देशमा चेन एण्ड कमाण्ड नभइरहेको बेला राजाप्रतिको जनताको मोह बढ्न थालेको देख्दा कतै पुनः राजतन्त्रको पुनःस्थापना त हुने होइन भन्ने बहस नेपाली समाजमा उठ्न थालको छ । आजको राजाको आगमनलाई स्वागत गर्न गएको जनताको उपस्थिति र शैलीले पनि त्यस्तै झल्को दिने खालको संकेत गरेको छ ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend