logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

एमसिसि वारे वालुवाटारमा मन्त्रीपरिषदको बैठक शुरु के निर्णय गर्लान्


  • जन आकाश
  • सोमबार, बैशाख ६ २०७८

 



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक अहिले विहान बोलाएका छन् । नियमित बैठकमा कोभिड नियन्त्रण रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुने बताइएको छ ।एमसिसिको वारेमा नेपालमा यतिवेला निक्कै चर्को विरोध भईरहेको छ । सम्भवत प्रधानमन्त्रीलाई जनताले साथ दिइरहेको अवस्थामा यहि एमसिसिको मुद्दाले अप्ठ्यारो हुदै गएको केही दिनको अपडेटवाट पनि देखिन्छ । त्यसकारण प्रधानमन्त्रीले एमसिसि माओवादी नेतृत्वको कांग्रेस एमाओवादी गठबन्धन सरकारले थालेको काम ओली आफ्नो पालामा विवादमा नआउने गरी काम गर्न चाहेका जस्तो देखिन्छ । बाहिरी वातावरण पनि त्यस्तै वन्दै गएको छ ।

त्यस्तै संसदको हिउँदे अधिवेशन अन्त्य र जनता समाजवादी पार्टीले उठाएका कतिपय मागहरुको बारेमा समेत मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्ने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित हो ।

जनता समाजवादी पार्टी र सरकारबीच मधेश आन्दोलनका बेलाका मुद्दा फिर्तादेखि संविधान रिभ्यू आयोग गठन लगायतका विषयमा सहमति नजिक पुगेको भनिएका बेला कतिपय निर्णय मन्त्रीपरिषदबाटै गर्नुपर्ने छन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend