जन आकाश
काठमाडौ । उपत्यका मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ । २०७८ बैशाख ४ गते शनिबारका दिन चाबहिल स्थित संघको कार्यालयमा सोवित प्रसाईंको अध्यक्षतामा बसेको साधारण सभाले उक्त समिति चयन गरेको छ । सभाले बद्रि कुँवरको अध्यक्षतामा आगामि कार्यकालको लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसमा उपाध्यक्षमा सुनिलराज ढकाल, महासचिवमा पवना ढुंगान, सचिवमा कमल आचार्य र कोषाध्यक्षमा सुष्मा शर्मा रहेका छन । त्यसैगरी सदस्यहरुमा राजेन्द्र पौडेल, प्रमोद कार्की, यादव सुवेदी, प्रकाश तिवारी तेन्जीङ शेर्पा र लक्ष्मण श्रेष्ठ रहेका छन । कार्यक्रममा मोबाईल व्यवसायी महासंघका सचिव डिल्ली तामाङको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै सोवित प्रसाईंले संघलाई अहिलेको अवस्था सम्म आईपुग्दा सहयोग र हातेमालो गर्ने सबैलाई धन्यबाद दिदैं नयाँ कार्यसमितिले आगामि दिनमा पनि व्यवसायीक हकहितका साथै सामजिक कार्यलाई पनि निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रमका अतिथि महासंघका सचिव तामाङले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे भने नवनिर्वाचित अध्यक्ष कुँवरले संघका विगतका कामलाई निरन्तरता दिदै सवै मोवाईल व्यवसायीहरुलाई समेटेर अघि बढ्ने बताए । छरिएर रहेका मोवाईल व्यवसायहरुलाई संगठित गर्दै २०७३ सालमा स्थापना भएको संघले व्यवसायीहरको हकहितका साथै विभिन्न सामाजिक कामहरु समेत गर्दै आईरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend