logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कुमारी बैंक र ल्यान्डमर्क फुडस् (बर्गर शाक) बीच सम्झौता


  • जन आकाश
  • सोमबार, बैशाख ६ २०७८

काठमाडौ । कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमर्क फुडस् बीच सम्झौता भएको छ । कुमारी बैंकका ग्हकहरुलाई डेबिट,क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।



जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूणर्जागरणका लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरिया जीवनको व्यस्तताबाट राहतको लागि सो रेस्टुरेण्ट्को विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गर्ने गरी सम्झौता भएको संयुक्त जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

सो सम्झौता पत्रमा कुमारी बैंक लि. मार्केटिंग प्रमुख नवीन मुनि बज्राचाय र ल्यान्डमर्क फुडस् तर्फबाट संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको बैकले जनाएको छ । कुमारी बैंकका ग्राहकवर्गले ल्यान्डमर्क फुडस्का विभिन्न खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend