logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल एसबिआई बैकले पनि आक्रमक बजार बिस्तार गर्न थाल्यो


  • जन आकाश
  • मंगलबार, बैशाख ७ २०७८

काठमाडौ । नेपाल एसबिआई बैंकले दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उदघाटन गरेको छ । नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत ी यादभेंद्र कांतद्वारा संयूक्त रुपमा उदघाटन गरिएको हो । कार्यक्रममा बैंकका सल्लाहकार छविराज पन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति रहेका थिए ।



भारतमा केन्द्रीय कार्यलय रहेको बैकले नेपालमा पनि अफ्नो कारोवार गदै आएको छ । नेपालमा भारतीय भुपु गोर्खा तथा भारतका बिभिन्न निकायमा काम गरेर पेन्सन लिन र नेपाल भारतमा कारोवार गर्न सजिलो हुने भएको हुनाले नेपाल एसबिआई बैकमा कारोवार गर्थे पछिल्लो समय सवै बैकहरुले प्रतिस्पर्धामा आउन थालेपछि नेपाल एसबिआइको बजार खस्किएको थियो । हाल बजारमा आक्रमक बनेर आउन खोजिरहेको देखिन्छ । पछिल्लो एक हप्तामा दुईवटा नयाँ कार्यक्रम गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend