logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

रोगको डरले भन्दा भोकले मान्छे नमरुन् 


  • जन आकाश
  • मंगलबार, बैशाख ७ २०७८

मोहन कार्की । 
अहिले बिश्वमा कोरोना भाइरसको हल्ला फैलँदो क्रममा नै छ । कोरोना भाइरस लाग्छ कि लाग्दैन थाहा छैन । तर त्यही कोरोना भाइरस लाग्ने डरले मानिसहरू त्रसित छन् । व्यापारहरू ठप्प छन् । आवत जावत त्यति सहज छैन । छिमेकी भारतमा बढेको सङ्क्रमितको सङ्ख्या हेरेर नेपालले नीति बनाएको जस्तो देखिन्छ । यही सोमवार बसेको मन्त्रीपरिषद् बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ  यसले पनि त्यो सङ्केत गर्छ ।



नेपालको सङ्क्रमितको सङ्ख्या  २८४६७३, रहेको छ । त्यस मध्य निको भएको सङ्ख्या २७५३०० छ ।  मृत्यु भएको सङ्ख्या ३०८३ रहेको छ । यो आकाडा हेर्दा खासै डरलाग्दो स्थिति होइन ।

तर नेपाल र भारतको खुल्ला सिमाना र आपसी सम्बन्धका कारण पनि नेपाल र भारतमा हुने राजनीतिक, सांस्कृतिक, आर्थिक, स्वास्थ्य पक्ष पाटाहरूको प्रभाव पर्ने गर्छ,   भारतमा बढी रहेको कोरोनाको संख्याले नेपालमा पनि चिन्ता बढेको छ । त्यसमा आम नागरिक देखि सरकारसम्म गम्भीर बन्न बाध्य छन् ।

गएको वर्ष झन्डै ६ महिना लकडाउन गर्दा आर्थिक रूपमा नेपाललाई परेको असर अहिलेसम्म पूर्ति हुन सकेको छैन । बिस्तारै उठ्न लागेको अर्थतन्त्र फेरी धारासायी बन्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । भारतको नयाँ दिल्लीमा निषेधाज्ञा जारी भएको छ । यता नेपालमा पनि लकडाउन सुरु हुने हो कि भनेर मानिसहरू त्रसित छन् ।

कतिपयले बिहान उठेर दिनभरि काम गरेर  कमाउने र त्यही पैशाले छाक टार्नेहरूका लागि भने पुनः लकडाउन भयो भने भोकले मर्ने  चिन्ता उनीहरूमा बढ्न थालेको छ । काठमाडौँ उपत्यकामा मात्र त्यस्ता मानिसहरू कम्तीमा झन्डै दश हजारको हाराहारीमा रहेका छन् । भने मध्यम आय भएकाहरूको लागि पनि विगतको लकडाउनले पारेको असर अहिलेसम्म पूर्ति हुन सकेको छैन । जसो तसो काठमाडौँका घर बेटीलाई भाडा बुझाउँदै खानपिनमा समेत कटौती गरेर जीवन बचाउँदै आएका छन् । उनीहरूको लागि पनि लकडाउन हुने हो कि भन्ने चिन्ताले सताउन थालेको केही ब्याक्तिहरुको भनाई आएको छ ।  काठमाडौँको नयाँ बस्तीमा पसल गदै आएकी  एक व्यापारीको भनाइ हो यो ।

अचेल काठमाडौँमा धेरै मानिसहरूको अनुहारमा उत्साहभन्दा धेरै निराशा भएको देखिन्छ । एकातिर रोगको डर छ भने अर्कोतिर राजनीतिक अस्थिर बन्दै गएको छ । यो बिचमा शंकाका घेराहरू बढ्न थालेका छन् । मानिसहरूको संवेदनशीलता लाइ बेलैमा ध्यान नदिने हो भने  रोगले भन्दा भोकले मानिस मर्न सक्छन् । सम्बन्धित निकायको समयमा नै ध्यान पुगोस् । रोगसँग लड्ने तरिका पुगेन भने रोकले भन्दा भोक, भोकले भन्दा अरुणै कारणले समेत मानिसहरूको मृत्यु हुन सक्छ । यस्ता सम्भावित आउन सक्ने परिणामलाई समेत आकलन गरेर योजना पो बनाउने हो कि ?

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend