जन आकाश
जनआकाश संवाददाता ।
नागार्जुन नगरपालिका रामकाेट फस्काेमा हंसलाेक जनकल्याण समितिकाे विधिवत् उद्घाटन भएकाे छ ।
आध्यात्मिक ज्ञान र समाजसेवालाई विशेष तवरले अघि बडाउने लक्ष्य लिएकाे हंसलाेक जनकल्याण समितिले विविध आध्यात्मिक ज्ञान बाड्दै आएकाेमा अहिले भने दर्ता गरेर विधिवत संस्था समुद्घाटन गरिएको त्यसै दिन जानकारी दिएको थियो ।
कार्यक्रमकाे सभापतित्व संस्थाका अध्यक्ष रामबहादुर मानन्धरले गर्नु भएकाे थियाे । उक्त कार्यक्रमकाे प्रमुख आतिथ्यता नागार्जुन नगरपालिका प्रमुख माेहन बहादुर बस्नेतले गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहेका माेहनबहादुर बस्नेतले त्यो आध्यात्मिक संस्थालाई भवन निर्वाणका लागि नगरपालिकाले १ कराेड दिने घाेषणा गर्नुभएकाे थियाे । उक्त कार्यक्रमकाे संचालन महासचिव प्रेमबहादुर मगरले गर्नुभएकाे थियाे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend