जन आकाश
काठमाडौ । नेपाल सघियतामा गएको हुनाले नेपाल चार्टड एकाउन्टेन्ट्स को ३६ औ साधरणसभाले बिघान संशोधन गरी पारित गरेको छ ।
मिति २०७८ बैशाख ४ गते शनिबार, विद्यमान कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै भौतिक दुरी कायम गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल राष्ट्र बैंकका गर्भनर सिए महाप्रसाद अधिकारी को विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि मन्त्री कृष्णगोपाल श्रेष्ठले संघको आफ्नै भवन निर्माणका लागि सहयोग गर्ने र चार्टड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयबाट सम कक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्धिविधाहरुको छिटो समाधानका लागि आवश्यक पहल लिने समेत प्रतिबद्धता जनाउनु जनाएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक गर्भनर सिए महाप्रसाद अधिकारी र ५० वर्र्षभन्दा बढि चार्टड एकाउन्टेन्ट्स प्रोफेसनमा योगदान पु¥याएबापत सिए टि.आर. उपाध्यायलाई सम्मान गरीएको थियो ।
साथै कार्यक्रमका विशिष्ट अतिथि, नेपाल राष्ट्र बैंकका गर्भनर तथा संघका पूर्वमहासचिव सिए महाप्रसाद अधिकारीले आर्थिक रुपान्तरणका लागि सिएहरुको योगदान अतुलनिय रहने बताएका थिए ।
उक्त कार्यक्रममा आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखा परीक्षक टंकमणी शर्मा, वरिष्ठ चार्टड एकाउन्टेन्ट्स टिआर उपाध्याय लगायतले एक्यानको गतिविधि सम्बन्धमा आफ्नो विचार राखेका थिए । आनन्द शर्माले अध्यक्षता गरेका कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन सिभिरा लामा रुइत, र बन्दसत्रको सञ्चालन तेजप्रसाद सुवेदीले गरेका थिए । भने रमेश धितालले सम्पूर्ण सहभागी सदस्यलाई धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend