जन आकाश
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै सिलन्यास गरिएको पुनर्निर्मित धरहराको शनिवार प्रधानमन्त्री ओलीबाट नै उदघाटन भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो ।
धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।

बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाईएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाईएको छ ।
त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाईकल पार्किङको पनि व्यवस्था छ । धरहराको पुर्ननिर्माणमा मैलिकताको संवद्र्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ ।


© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend