logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

बनाए पछि बन्छ, घराहरा जस्तै धेरै संरचना बनाउनुपर्छ 


  • जन आकाश
  • मंगलबार, बैशाख १४ २०७८

मोहन कार्की ।
बिकास पक्षिय टिप्पणी
भिमसेन थापा प्रधानमन्त्री हुँदा १८३२ मा निर्माण गरिएको एतिहाँसिक धराहरा सन् १९९० सालको भुकम्पले केही क्षति पु¥याएको थियो । त्यतिवेला सामान्य मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको धरहरा २०७२ साल बैशाख १२ गतेको महा भुकम्पले ९९ प्रतिशत क्षति पु¥याउनुको साथै मानवीय क्षति समेत भएको थियो । संरचना नै ध्वस्त भएको धरहराको केही पुरानो सम्झनाका भग्नावशेष फेद भने अझै देख्न सकिन्छ ।



त्यसै फेदसँगै अलिकतिको फरकमा बनाईएको नयाँ आधुनिक धरहराले काठमाडौ उपत्यकालाइ नै शोभायमान बनाउने खालको छ । प्रधानमन्त्री केपी शर्मा ओलीवाट उद्घाटन गरी धरहरा निर्माण सम्पन्न भएको सन्देश दिइसकिएको छ । बैशाख ११ गते सयाँैको संख्यामा पत्रकारहरु ः नयाँ बनाइएको धरहराको फोटो खिच्न त्यहा पुगेका थिए । त्योक्रम जारी नै छ । अचेल धरहराको फोटोले सामाजिक सञ्जालका भित्ताहरु भरिएका छन् । नेपालीहरुको शिर उठेको छ ।

बनाएपछि बन्दो रहेछ । हाम्रा अग्रज पुर्खहरुले त त्यतिवेला यस्तो इतिहाँस बोक्ने मनमोहक धरहरा बनाएका थिए ।

त्यो भत्केपछि पुरानै शैलीमा नयाँ बनाउने अभ्यास पनि हामीले नयाँ धरहरा निर्मांण गरेर सफल भएका छौ ।
धाराहरा, रानीपोखरी, काठमाडौमा मेलम्चीको पानी, सैनिक मुख्यालय, दरवार हाईस्कुल, बिभिन्न क्षेत्रमा बनेका केही स्कुलहरु, कलेजहरु मात्रले आजको युगमा पुग्दैन, ठाउँ बिशेष हेरेर नेपाललाई भौतिक पुर्वधारमा आमुल परिवर्तन गर्ने गरी बृह्रत दिर्धकालीन योजना बनाएर काम थाल्नुपर्छ । नेपाल पर्यटन क्षेत्रमा पनि उत्तिक्कै सम्भावना भएको देश हो । पर्यटन क्षेत्रहरुको प्रथामिकीकरण गरेर भौतिक पुर्वधारहरुको विकास गराउन पनि थाल्नुपर्छ ।

जलबिधुत क्षेत्रमा लगानी बढाएर विश्वमानै सस्तो जलस्रोत उत्पादन गराएर बितरण गर्ने वातावरण बनायौ भने अन्तरष्ट्रिय कम्पनीहरुलाई नेपालमा लगानी गर्ने वातावरण बन्न जान्छ ।

आज पनि नेपालका कतिपय ठाउँहरुमा खानेपानीको अभाव छ । खानेपानीको अभाव हुंदा मानिसहरु त्यस्ता गाउँहरुवाट विस्थापित भएको नरमाइलो समाचार पढ्न पाइन्छ । ति ठाउहरुमा खानेपानी, स्वास्थ्य, शिक्षा, उधोग, लगायत अन्य भौतिक पुर्वधारको विकास गर्नुपर्ने कामहरु छन् । ति कामहरु थाल्नुपर्छ ।

व्यवस्थित बसोवासको लागि छरिएर रहेका नेपाली नागरिकहरुलाई व्यवस्थित बसोवासको लागि आधुनिक तरिकाले निर्माण गरिएको नमुना वस्तीको गृहकार्य थाल्नुपर्ने देखिन्छ ।

केही ठाउँहरुमा सिचाँईका परियोजनाहरु शुरु भएका छन् । यो राम्रो पक्ष हो । तर देशभरीनै यस्तै खालका योजनाहरु सञ्चालन गर्न आवश्यक छ । परिणामः सिचाइको अभावमा किसानले कहिल्यै खेती लगाउनवाट बन्चित हुन नपरोस् ।

ठुला ठुला उधोग कलकारखाना खोलेर नेपालीहरुलाई नेपालमानै रोजगार दिन, सम्भावना बोकेका बस्तुहरु उत्पादन गर्न र अन्तराष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढ्ने खालका उत्पादन थाल्ने काम पनि बाकी नै छन् ।

यी कामहरु गर्न लगानीको तय, योजना तर्जुमा र योजना कार्यन्वयन गर्नु सवैभन्दा महत्वपुर्ण हो । तोकेको समयमा राष्ट्रिय गौरवका आयोजनाहरु पुरा गर्नुपर्ने, तोकेको समयमा पुरा नगर्ने कम्पनीहरुलाई हदैसम्मको कारवाही गर्ने, तोकेको समयमा मापदण्ड पु¥याएर काम सम्पन्न गर्नेहरुलाई पुरुस्कृत गरेर प्रोत्साहित गर्नुपर्छ ।

माथि उल्लेखित कामहरु गर्न अझै बाँकी देखिछन् । हाल नेपालमा लगभग कार्मे थालनीको अवस्था छ । यस्ता राष्ट्रको नाममा उल्लेख गर्न सकिने र समग्र नेपाललाई टेवा पुग्ने खालका विकास निर्माणले गति लिनुपर्ने र आजको युग सुहाँउदो विकास निर्माणको काम गर्नुपर्ने टडकारो आवश्यकतालाई पनि मध्यनजर गरेर कामको थालनी गर्नुपर्ने देखिन्छ ।

 

२०७८ बैशाख १४ गतेको जन आकाश साप्ताहिकमा प्रकाशित मुख्य समाचार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend