logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

म्याद थपि दिनुपर्ने निर्माण व्यवसायीको माग


  • जन आकाश
  • बुधबार, बैशाख १५ २०७८

 



मोहन कार्की

काठमाडौ । निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई समय थप गरिदिन माग गरेको छ । महासंघले बिज्ञप्ति निकालेर उक्त कुरा सर्वजनिक गरेको हो ।

उसले सर्वजनिक गरेको बिज्ञप्तिमा भनेको छ । “कोरोना भाइरस (कोभिड—१९) का कारण गत वर्ष झै यस पटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण व्यवसायीहरूले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत देखिएको यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को आर्थिक मारमा परेका हजारौं निर्माण व्यवसायीहरू अहिलेको विषम अवस्थाको निषेधज्ञाका कारण अझ समस्यामा पर्ने निश्चित देखिएको, तोकिएको समयमा सम्पन्न हुन नसेकका परियोजनाहरूमा व्यवहारिक रुपमा म्याद थप गरी व्यवसायीहरूलाई राहत दिन अघिल्लो पटकको कोभिड र त्यसपछिको वर्षायाम, चाडपर्व लगायतका कारणले गर्दा व्यवसायीहरूले गत वर्ष र यस वर्ष समेत निर्माण कार्यहरु गर्ने फागुन देखि असार सम्मको मुख्य दुई सिजनहरू गुमाएको समयलाई शून्य समय (कन्स्ट्रक्शन होलिडे) मानी हाल संचालित सम्पूर्ण निर्माण कार्यहरुको लागि एकमुष्ठ एक वर्ष निर्णय भएको मितिबाट गणना हुने गरी म्याद थप गरिनु पर्ने महासंघको माग छ ।

यसैगरी निषेधाज्ञाको अवधिमा सार्वजनिक निकायहरूले आह्वान गरी सो समयमा बोलपत्र दाखिला गर्ने समय भएका अति आवश्यक सेवा बाहेकका खरिद प्रक्रियाहरुमा निर्माण व्यवसायी सदस्यहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने, बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न नसकिने भएकोले यस्ता सम्पूर्ण खरिद प्रक्रिया हाललाई स्थगित गरि उक्त सबै बोलपत्रहरुको म्याद कम्तिमा १५ दिन थप गरी दिनका लागि महासंघले जोडदार माग गरेको छ ।

कोभिडको महामारी र निषेधाज्ञासँगै निर्माण व्यवसायीहरूले पाउनु पर्ने अरबौं अरब रुपैयाँ भुक्तानी रोकिँदा बैङ्क किस्ता, राजश्व दाखिला, आपुर्तिकर्ता तथा मजदुरहरुको भुक्तानी नहुँदा निर्माण क्षेत्र आर्थिक रुपले धरासायी भएको महासंघको माग छ । यी विविध कारणले संचालनमा रहेका हजारौं आयोजनाहरु समेत अगाडि बढाउन नसकिने भएकाले यथाशक्य छिटो व्यवसायीहरूको रकम राज्यले भुक्तानी गर्ने वातावरण मिलाइ जटिल परिस्थितिमा समेत अर्थतन्त्रलाई चलायमान बनाइराख्न महासंघले आग्रह छ । हाल कोभिडको दोस्रो कहरसँगै आकाशिएको मुल्यवृद्धि, निर्माण सामाग्रीको आपूर्ति र ढुवानीमा हुने कालोबजारी, मजदुरहरूको अभाव, सरकारी निकायको समन्वयमा कमी जस्ता समस्या यस पटक दोहोरिन नदिन समयमै उपयुक्त तथा प्रभावकारी कदम चाल्न महासंघले सम्बन्धित् सबै निकाय समक्ष अनुरोध गर्दछ । ”

महासंघका महासचीव रोशन दाहालको हस्तक्षर रहेको बिज्ञप्तिमा माथि उल्लेखित मागहरु रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend