logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथ बैंकद्वारा खानेपानी उपभोक्ताहरुलाई सहयोग


  • जन आकाश
  • बुधबार, बैशाख १५ २०७८

काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । संस्थाले व्यास नगरपालिकाका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।



सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न,अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुशणबाट जोगाउन जस्ता उद्देश्यले हाल व्यास –४ जुडिपानी स्थित रहेको खानेपानी प्रशोधन केन्द«मा बार लगाउने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने बताएको छ ।

बैकका सुचना अधिकृत तिल प्रसाद गुरुङवाट जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend