logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गुजेश्वरीमा भेटिएकोे लास अर्जुन अधिकारीको भएको पुष्टि


  • जन आकाश
  • शनिबार, बैशाख १८ २०७८

काठमाडौ । आज बिहान गुजेश्वरीमा भेटिएको लास अर्जुन अधिकारीको भएको प्रहरीले पुष्टि गरेको छ । गौैशला प्रहरी कार्यालयका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए अनुसार गौरीघाट बस्दै आएका नुवाकोट घर भएका राम प्रसाद अधिकारीका छोरा अर्जुन अधिकारी नामका ब्यातिm भएको जानकारी प्राप्त भएकोे हो ।



आज बिहान अर्थात २०७८ बैशाख १८ गते उक्त लास गुहेश्वरीमा वेवारिसे अवस्थामा फेला परेको थियो । प्रहरीको टोेलीले उक्त लासको आफन्त खोजतलास गर्दा मृतकको बुवा राम प्रसादलार्ई चिन्ने ब्यातिmहरुको सहयोगमा उनका बुवा रामप्रसादले सनाखत गरी लासलाई मुुचुुक्ला उठाइ लासालाई ब्यवस्थापन गर्न लगिसकिएको छ ।

मृत्युको कारण एकिन हुन नसकेपनि मृतक अर्जुन अधिकारी गौरीघाट गुजेश्वरी क्षेत्रमा मादक पदर्थ सेवन गरेर हिड्ने गरेको भन्ने वरीपरीका मानिसहरुले देख्ने गरेको प्रहरीको भनाई आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend