logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछाप सक्रमणको जोखिममा  समयमा नै सतर्क अपनाउन जिल्ला जन स्वास्थ प्रमुखको आग्रह


  • जन आकाश
  • शनिबार, जेष्ठ १ २०७८

रामेछाप । रामेछाप जिल्ला जन स्वास्थ्यका  प्रमुख  जेतेन्द्रदेव कर्णले सामाजिक सन्जालमा नै रामेछापको आकडा सहित गएको २०७७ बर्षा भरिमा  भएको सक्रमण दर र अहिले २०७८ को बैशाख एक महिना कै बर्षाकै हाराहारी भएको  हुनाले जोखिम बढेको हुदा सबै स्थानीय निकाय, प्रदेश , नेपाल सरकार सम्बन्धि निकायलाई क्वारेन्टाइन, आइसुलेशन, कोभिड नियन्त्रण गर्न पुर्वधारहरु ठिक अवस्थामा छन्की छैनन् ? नियन्त्रण गर्न अपनाउनु पर्ने तरिका हरु ठिक अवस्थामा छकी छैन भनी सार्वजनिक गरेर अपिल गरेका छन् ।



उनले सामाजिक संजालमा पोस्ट गरेको सार यस्तो छ।

“नेपाल सरकार,प्रदेश सरकार,स्थानीय सरकार,जननिर्वाचित प्रतिनिधि,समाजसेवी,वुद्धिजिवि,प्रशासक,सँघ सँस्था
रामेछाप जिल्लाको कोभिड-19 को केश गएको 2077 सालमा 12 महिनामा जम्मा 224 जनामा देखिएको थियो भने यस वर्ष 2078 सालको बैशाख मेै 272 जनामा संक्रमणको पुष्टि भई सकेकोले सहजै अनुमान गर्न सकिन्छ कि यसपालि संक्रमण दर  वढि छ । त्यसैले सबैले बेलैमा ध्यान नदिए भयावह स्थिति नआउला भन्न सकिन्न। त्यहि भएर हाम्रो आईसोलेसन र क्वारेन्टाईन स्थल वास्तवमै तयारी अबस्थामा छ कि छैन? संक्रमण रोकथाम नियन्त्रणका लागि आवश्यक पुर्वाधारमा , मानव संशाधन आदी साँच्चिकै तयारी अबस्थामा छ कि छैन? भएको आईसोलेसन र क्वारेन्टाईन स्थलले संक्रमण रोकथामका लागि प्रर्याप्त छ कि छैन ? समय रहदै सबैको ध्यान जाओस।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend