जन आकाश
काठमाडौ । कोरोना भाइरस (कोभिड्–१९) को दोस्रो लहरको असर देश भर फैलिसकेको, नयाँ संक्रमण हरेक दिन ९ हजारको हाराहारीमा हुने गरेको, अक्सिजन, आइसीयु, भेन्टिलेटर आदिको अभाव र अस्पतालमा उपचारका लागि बेड नपाउने जस्ता समेत कारणले मृत्यु हुने संख्या पनि २०० पनि नाघ्न थालेको आदि कारणले कोरोना भाइरसबाट जोगिन स्वनियन्त्रित थप उपायहरु पनि अपाउनु परेको परिस्थिति सबैलाई अबगतै छ । र, उक्त भाइरसलाई नियन्त्रण गर्नका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधात्मक आदेश जारी गरेका छन् ।
यस विषम परिस्थितिले आफु सुरक्षित हुंदै र ग्राहकहरुलाई पनि सुरक्षित गराउदै बैंकिङ् सेवा प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि चुनौंति थपिएको छ ।
यिनै कुरालाई मध्ये नजर गर्दै बिकास बैंक एशोसियसन नेपालको कार्य समितिले मिति २०७८ बैशाख १९ गते दिइएको निर्देशनको अतिरिक्त निम्नानुसारको थप व्यवस्था मिलाउन आफ्ना सदस्य बैंकहरुलाई अनुरोध गर्ने निर्णय गरेको छः
१ ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरु अवलम्वन गर्ने,
२ प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र ध्यप ँचयm ज्यmभ को माध्यमबाट कार्य गर्ने गराउने,
३ सूचना प्रबिधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने,
४ ग्राहकहरुले सम्पर्क व्यक्तिहरु मार्फत गरेका अनुरोध र सुझाबलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्ने,
५ संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न आ—ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्ने,
६ आ—आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने,
७ नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन ÷नेपाल सरकारले दिएको निर्देशन पूर्णतया अनुपालना गर्ने,
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend