logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

राजकुमार बुढाथोकी ( काले)को मृत्यु हत्या हो कि आत्महत्या !


  • जन आकाश
  • शनिबार, असार १२ २०७८

राजकुमार बुढाथोकी ( काले)को मृत्यु, हत्या हो कि दुर्घटना !
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वाडन १२ सिक्रालमा यहि मिति:२०७८ साल असार २ गते चनौटे भिरमुनी मृत भेटिएका राजकुमार बुढाथोकी (काले)को भिरमुनी भेटिएको बिशयलाइ लिएर अहिले रामेछाप जिल्ला प्राशासन कार्यालयमा छानविन चलिरहेको छ। छानविनका क्रममा पर्शुराम बुढाथोकी र काजी पाडे (बले)लाइ पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयका डिएसपी नवराज ढुङ्गानाले बताए उनलाइ जन आकाश मिडियाले राजकुमारले आत्महत्या गरेका हुनकी कसैले हत्या गरेको प्रहरिले स्थलगत वाट नै लास उठाएको थियो भन्दिनुस न भन्दा रामेछापका प्रहरी प्रमुख समेत रहेका नवराज ढुंगाना  डिएसपिले  डिटेलमा छानविन नसकी अन्य कुरा बोल्न मिल्ने जानकारी दिए।



घटना न. १
असार २ गते  खोलाखर्कका बिमला कार्किको छोरा चनौटे भिर वारि बख्रा चराउन जादा पारी लास देखेको र घरमा बख्रा बादन लादा आमालाइ भनेपछी बिमला कार्की  अन्य मान्छेहरु लिएर जादा चनौटे भिरमुनी सेरा खेतमा लास देखेको र सिक्रालमा फोन गरेर लास रहेको जानकारी गराएको ।

घटनाको दोस्रो चरण
त्यसपछि सिक्रालभरी हल्ला खल्ला भइ हेर्न जादा सिक्रालकै बर्ष ३५ को राजकुमार बुढाथोकी (काले) नामका मानिस मृत अवस्थामा भेटिएको समय अन्दाजी ६ बजेको । लास हेर्न मान्छेको झण्डै ४० जना जत्तिको भिड लागेको त्यहाकै स्थानिय र सिक्राल माविका प्रधानध्यापक समेत रहेका प्रत्यक्षदर्सी पवन खडका बताउछन् । प्रहरीलाई खवर गरेपछि मन्थलिवाट प्रहरि बेलुका ७ बजे घटनास्थल पुगेको थियो।

घटनाको प्रारम्भिक अनुसन्धान शुरु
प्रहरिले सोधपुछ गर्ने क्रममा मृत भेटिएका राजकुमार बुढाथोकी (काले)को आमा भैरव बुढाथोकी ( सुन्तलि)ले प्रहरिलाइ भनेको र गाउलेहरुले समेत  अघिल्लो दिन परसुराम बुढाथोकीको घरमा प्लास्टरको काम गर्न गएको भोलिपल्ट बिहानपख सम्म छोरा नआएपछि रामसरणको गोठमा पुगेको त्यहा नभेटेपछि पर्शुरामको गोठमा पुगेर पर्शुराम लाई सोधपुछ गर्दा याहा छैन । त्यहावाट राती नै गएको भनेपछि फर्केर घर गयो काहागयो भनी अल्मलिरहेको बेलामा ६ बजे लास भेटिएको थियो। मृतक राजकुमार बुढाथोकी अघिल्लो दिन बेलुका  पर्शुरामको गोठमा काजी पाडे, (बले) रामसरण बुढाथोकी , पर्शुराम बुढाथोकीहरु सङ्गै बसेर मादक पदर्थ खाएको रामसरण बुढाथोकीले बताएका छन् । हामिसङ उनको भ्वाइस रेकर्ड पनि सुन्न सक्छौं ।

अघिल्लो दिनको सिलसिला
असार १ गते पर्शुराम बुढाथोकीको घरमा पलास्टर गर्न गएका राजकुमार बेलुका काम सकेर बस्तुलाइ घाँस हाल्न गएको र फर्कने क्रममा रामसरण बुढाथोकी सङग बाटामा भेट भएको र सङै चिया पसलमा चिया खाना गएको सधै झै मादक पदार्थ पनि सेवन गर्ने भएको हुदा एक एक गिलास मादक पदर्थ सेवन गरेको र त्यही बेलामा नाताले भतिज पर्ने पर्शुराम बुढाथोकीले काका कता हुनुहुन्छ भन्दा घुरपाङ डाडामा छु । के काम पर्यो भनी सोदधा मेरो मादक पदार्थ सकिएको छ। एक जम्बो ल्याइदिनु पर्यो र अण्डाहरु पनि लिएर आउनुस खाउ भनेपछि राजकुमार र म जम्बोमा मादक पदार्थ र केही अण्डा बोकेर पर्शुरामको गोठमा गयौं र गएर एक एक गिलास काजी पाडे, राजकुमार, पर्शुराम बुढाथोकी ४ रै जना बसेर खायौं अनि मलाइ बान्ता होला जस्तो भयो म बहिर निस्के नभन्दै बान्ता भयो । त्याहावट म हिडे है भन्दा अण्डा पक्दै छ खाएर जानुस  भन्दाभन्दै म हिडे राजकुमारलाई पनि हिड भनेको म याही काजी पाडेलाइ बोलाउने नाम बले हो बले सङ्ग  सुत्छु भनेपछी म त्यहावाट हिडे यो रामसरणको  भनाइ हो।

राती पर्शुरामको  गोठमा अण्डा उसिनेर खाएको अन्तिम अवस्थालाई लिएर प्रहरी प्रशासनले परशुराम र पर्शुरामको घरमै काम गर्ने काजी पाडे ( बले)लाइ पक्राउ गरि लगेको बिशयमा पर्शुरामका छोरा भुमिराज सङग  घटनाको वारेमा बुझदा  “मृतक लाटा भएपनी मादक पदर्थ सेवन गर्ने र बेलाबेलामा सङ्खापद व्यवहार देखाउने गरेको हुदा भिरवाट लडेर मरेको हुनुपर्छ । मेरो बुबालाइ र मेरो काम गर्ने काजी पाण्डे ( बलेलाइ) पक्राउ गर्नु हामिमाथी राजनितीक प्रतिशोध हो।” उनको भनाइ यस्तो आएको छ।

राजकुमार बक्य नआउने लाटा पनि हुन। मृतककी बहिनी सन्तोशी बुढाथोकीको भनाइ अनुसार मृतकको  परिवारमा श्रीमती सुस्त मनस्थितिको  भएको। तीन छोरा सानै रहेका र आमा मात्र वाक्य आउने सदस्य भएको कारण बोलिदिने आफ्नो कोहि नभएको हुनाले कसैले मारेर भिरमुनी लगि राखेको हुनुपर्छ भनी हामिलाइ टेलिफोनमा बताइन।

उनको तर्क यस्तो छ। ३०० मिटर अग्लो ठाउवाट लडेको मान्छेको एक ठाउभन्दा अर्को ठाउँ चोटपटक नभएको र भिरमा कतै रगतको टाटा नभेटिएको कुनै झार बुटा नमारिएको हुदा शङ्का गर्ने ठाउँ भयो त्यसैले अनुसन्धान निस्पक्ष होस भनेर जहेरी दिएको बताइन।

घटना हत्या हो कि भिरवाट लडेका हुन प्रहरीको रिपोर्ट सार्वजनिक नहुनजेल यसै भन्न सक्ने अवस्था छैन । तर स्थानीयहरुले अभिब्यक्त गरेका कुराहरुलाइ आधार मान्ने हो भने प्रभाव र दवावमा नभइ प्रहरी प्रशासनले निस्पक्ष भएर निर्क्योल देवस भन्ने रहेको बुझिन्छ।

उनको पोस्टमार्ट्म गरि असार ३ गते हिन्दु सस्कार अनुसार दाहासस्कार गरिएको छ।

घटनाको बिशयमा तिता मिठा कुराहरु समाजमा उठेका देखिन्छन् ।लडेर मरेका रहेछन भने अन्य सवै कुरा बिर्सेर आरोपित छुटेर समाजमा सदभावपुर्ण रहनुपर्छ भने समाजले पनि मैत्रीपुर्ण ब्यवहार गर्नुपर्छ । कानुन भन्दा माथी कोहि हुदैनन् ।

मृतकप्रती जन आकाश मिडिया प्रा.लि हार्दिक सद्रन्जली गर्दै यो दु:खद घडिमा परिवारजनमा  धर्यधारण गर्ने शक्ति मिलोस।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend