जन आकाश
काठमाण्डौ ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलार्इ विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुईपक्ष बीच सम्झौता भएको हो ।
आइतबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राजभण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुनु् ।
सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५लाख रुपैयाँसम्मको बिना धितो सहुलियत पूर्ण कर्जा प्रदान गन बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend