logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मी विकास बैंक लि.मा स्वतन्त्र सञ्चालकको नियुक्ति


  • जन आकाश
  • बिहिबार, असार २४ २०७८

 



काठमाण्डौं । महालक्ष्मी विकास बैंक लि. कोे २०७८ आषाढ १८ गते शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव संगाल्नु भएकी अम्बिका श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएको थियो भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सम्मको अनुभव पनि बटुल्नु भएको छ ।

व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नु भएकी श्रेष्ठ Nepal Finance Institution Association and Development Banker’s Association मा लामो समयसम्म आवद्घ रहनु भएको थियो । त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गर्नु भएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend