logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

सुनापती गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने


  • जन आकाश
  • शुक्रबार, असार २५ २०७८

 



रामेछाप । रामेछापको सुनापति गाउपालिकाले एकल महिला सरह एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रममा एकल पुरुषलाई भक्ता दिन बजेट विनियोजन गर्ने कुरा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठका अनुसार के कसरी एकल पुरुषलाई भक्ता दिने भन्नेबारेमा कार्यविधी बनाउने तयारी भईरहेको छ ।

केहि दिनमै एकल पुरुषहरुको विवरण संकलन गर्ने र कति उमेर समुहदेखी कति उमेर सम्मकालाई भक्ता दिने भन्ने बारेमा कार्यविधी बनेपछि मात्रै भन्न सकिने उहाँले बताउनुभयो । एकल पुरुषको भरणपोषण र प्रोत्साहनका लागि नयाँ कायक्रम ल्याईएको गाउँपालिका अध्यक्ष धावा लामाले बताउनुभयो । गाउँपालिकाले दिने उक्त सुविधा लिन गाउँपालिकाको स्थाई बासिन्दा हुनु पर्ने छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend