जन आकाश
मोहन कार्की
काठमाडौ । नेपाल कृषि प्रधान देश हो । कृषि प्रधान देशमा असार महिनामा धान रोप्ने किसाहरुमा चतारो भएको देखेका छौ । र हामीहरु पनि खेत वा बारीमा रोपाइ गर्न गएको अनुभव छ । तर नेपालमा पछिल्लो बर्षहर हेर्दा असारमा बजेट पास गर्ने, बजेट सक्ने चलन पनि उत्तिक्कै छ । ११ महिनासम्म केही नगरी बस्ने र अन्तिमको बाकी रहेको १ महिनामा हत्तार हत्तार बिकास बजेट सक्न देशैभरी डोजरहरुको हतारो देखिन्छ ।

जसको कारण नेपालका अधिकांस पाहाडी जिल्लाहरुमा अहिलेसम्म सदरमुकाममा कालोपत्रे सडकले जोडेको भएपनि अधिकांस सडकहरु कच्ची नै रहेका छन् । ति सडकहरुलाई प्रत्येक बर्ष यस्तै बर्षा याम पारेर खन्ने जोत्ने काम गरिरहेका देखिन्छन् । जो की पानी पर्ने मौषम नै यहि असार महिनामा पर्छ सडक सुधारको नाममा करोडौ बजेट यसरी नै सकिरहेका हुन्छन् ।

जुन कामले बजेट पनि सकिन्छ । निर्माण पनि कमसल हुने गर्छ यस्ता कार्यहरु देशभरी भइरहने चलन आजको भने होइन तर परिवर्तनका कुरा गर्ने नयाँ संविधान लागु भएर संघिय गणतन्त्र स्थापना भइसके पछिपनि यस्ता कार्यहरु झनै तिव्र हुनुले नेपालको बिकासले गति लिन सक्दैन भन्ने अकलन याहीवाट पनि प्रष्ट हुन्छ ।
देश बिकास गर्ने सोच स्थानीय सरकारहरुमा पनि छैन । हुन्थ्यो त असार महिनामा मात्र यस्ता काम किन ? अरु महिनाहरु थिएनन् त्यति नै खर्चले असारमा गर्ने काम फर्सदमा राम्रोसँग गर्ने हो भने दिगो बिकास हुन सक्थ्यो । असारमा बाटो, पुल, भवन, बनाउदा पानी परिरहने र पानीको कारण बाटो खनेको ठाउमा आलो माटो पानीले बगाएर भलबढी बन्दै जादा पैरोको समस्या बाटोमा यातायात चलाउनेहरु र्दुघटनामा पर्ने जस्ता जोखिम समेत हुन्छन् ।

भवन र पुलहरुमा पानीको समयमा ढलान गर्दा राम्रोसँग सेट नहुदा भवन, पुल कमशल हुने जस्ता जोखिम हुन्छन् ।
त्यसैले यस्ता असारमा हत्तार हत्तार काम गर्नुको सट्टा आउदा बर्षहरुमा समयमा नै कार्ययोजना बनाएर बिकास निर्माणका कामहरु गर्न सम्बन्धित निकायको ध्यान पुगोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend